back
NMB ad

सेयर बजारमा भारी गिरावट, कारोबार रकम पनि खुम्चियो

Kumari bank ad

काठमाडौं । सेयर बजारमा गिरावट कायमै रहेको छ । आज पनि बजारमा ५०.१३ अंकको गिरावट आएको छ ।

साताको अन्तिम कारोबार दिन बजार परिसुचक पनि २९२६.८९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । कारोबार रकम पनि खुम्चिएको छ ।

उक्त दिन ९ अर्ब ५० करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ ।
बिहीवार सबै समूह राताम्मे बनेका छन् ।

उक्त दिन बैंकिङ समूह १६.४३ अंक, विकास बैंक १८६.१३ अंक, व्यापार समूह ३८.५६, जलविद्युत ११६.७८, होटेल तथा पर्यटन ०.९६, फाइनान्स ११३.८८, माइक्रोफाइनान्स २३.४७, जीवन बीमा ३४२.०२, निर्जीबन २३३.८४ अंकले घटेको छ ।

उक्त दिन सबैभन्दा बढी अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार भएको छ । आज कम्पनीको ५७ करोड ४० लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज उच्च कारोबार हुने दोस्रो स्थानमा रहेको अपि पावर कम्पनीको ३२ करोड ९९ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

वि.सं.२०७८ भदौ १७ बिहीवार १५:०६ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...