काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य उच्च दरमा वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको हो ।
साताको अन्तिम कारोबार दिन कम्पनीको सेयर मूल्य प्रतिकित्ता ४५ रुपैयाँ ७० पैसाले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ५०३ रुपैयाँ कायम भएको छ ।
उक्त दिन कम्पनीको ३४ हजार ६२० रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले जनाएको छ । नेप्सेका अनुसार आज कम्पनीको ७१ कित्ता मात्रै सेयर खरिदिबिक्री भएको हो ।
वि.सं.२०७८ भदौ १७ बिहीवार १५:४० मा प्रकाशित