काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाली बजारमा छापावाला सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन भने ९० हजार ४ सय रुपैयाँमा कारोबार हुनेछ । अघिल्लो दिन ९० हजार ३ सय रुपैयाँमा खरिदबिक्री भएको छ ।
यस्तै, शुक्रवार चाँदीको मूल्यमा भने गिरावट आएको छ । चाँदी आज प्रतितोला १० रुपैयाँले घटेर ११ सय ९५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १२ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७८ भदौ १८ शुक्रवार १०:५३ मा प्रकाशित