back
NMB ad

नेपालीको सर्वाधिक रोजाईमा टोयोटा इनोभा क्रिस्टा कार : यस्तो छ नयाँ फिचर, कति पर्छ मूल्य ?

Kumari bank ad

काठमाडौं । टोयोटा कम्पनीको इनोभा क्रिस्टा कार नेपालमा धेरैको रुचाइमा परिरहेको छ । सामान्यतया कारमा ४ जना सवार गर्ने गरिन्छ । तर इनोभा क्रिस्टा ७ र ८ सिटमा बजारमा उपलब्ध रहेको छ ।

जसले गर्दा पनि नेपालीको रोजाइमा यो कार धेरै प्रयोगकर्ताको रुचाइमा परेको हो । नेपालको लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेट रहेको छ ।

यो कारमा ४.२ इचंको टिएफटी मल्टी इन्फर्मेसन डिस्प्ले, ७ इन्चको टचस्क्रीन स्टिम रहेको छ । कारमा डिभिडी प्लेयर, एसी वेन्ट्स र बोतल राख्नका लािग होल्डर लगायत रहेको छ ।

टोयोटा इनोभा क्रिस्ट कारमा एयर कन्डिसनर, एसी भेन्ट्स, स्लाइट रहेको छ । स्मार्ट सिस्टम रहेको कारमा वायरलेस डोर लक, स्पीड सेन्सिङ डोर लक जस्ता फिचर राखिएको छ ।

कारमा स्टेरिङ ब्हीलमा ब्लूटुथ कन्ट्रोल, इलेक्ट्रिकली एडजस्टेबल रहेको छ । कारमा टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम रहेको छ भने रिभर्स क्यामरा डिस्प्ले राखिएको छ । कारमा अटोमेटिक क्लाइमेट कन्ट्रोल तथा मराजोमा स्ट्याण्डर्ड ३ एयर ब्याग र टप भेरिएन्टमा ७ एयरब्याग रहेको छ ।

कारमा एमर्जेन्सी ब्रेक, रियर फग ल्याम्प, फ्रन्ट एलईडी फग ल्याम्प र एन्टी थेफ्ट अलार्म रहेको छ । इनोभा क्रिस्टामा टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, पावर फोल्डिङ ओआरभीएमएस, स्टेरिङ्ग माउन्टेड कन्ट्रोल, अडियो कन्ट्रोल, स्पीड सेन्सेटिभ डोर लक अनलकको सिस्टम उपलब्ध छ ।

यसमा प्यासेन्जर साइड पावर सिट, अल्ट्रासोनिक सेन्सरकासाथै एन्टीथेफ्ट अलार्म, रियर–भ्यू मिरर पनि रहेको छ । २,६९४ सीसी क्षमताको इञ्जिन रहेको कारले १६३ बीएचपी पावरकासाथै २४५ एनएम टर्क उत्पादन गर्छ । इञ्जिनमा पाँच स्पीड म्यानूअल र ६ स्पीड अटोमेटिक गियरबक्स रहेको छ ।

निकै शक्तिशाली र आरामदायक कार एसआरएस एयरब्यागले यात्रुहरुलाई कुनैपनि परिस्थितिमा सुरक्षा प्रदान गर्दछ । यसको मूल्य नेपालमा ८९ लाख ५० हजार रुपैयाँ करिब रहेको छ ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार १४:०५ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...