back
Mega Long Ad

सानिमा लाइफको ४३३ कित्ता सेयर खरिदबिक्री, कति पुग्ला त मूल्य ?

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पीको बुधवार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ । कम्पनीको २ करोड कित्ता सेयर  नेप्सेमा सुचीकृत भएको हो ।

योसंगै कम्पनीको उक्त सेयर बिहीबारदेखि कारोबारमा आएको हो । कारोबारमा आएको पहिलो दिनमै सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।

पहिलो दिन नै कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट अर्थात १० प्रतिशतले वृद्धि भएको हो । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँ ९० पैसाले वृद्धि भई ३३९ रुपैयाँ ९० पैसा कायम भएको छ । बिहीबार कम्पनीको १ लाख ४० हजार रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका अनुसार पहिलो कारोबार दिन कम्पनीको ४३३ कित्ता सेयर खरिदबिक्री भएको हो । नेप्सेले पहिलो कारोबारका लागि १०३ रुपैयाँ १७ पैसादेखि ३०९ रुपैयाँ ५१ पैसा ओपन रेञ्ज तोकेको थियो ।

बिहीवार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३०९ रुपैयाँ खुला भएको थियो । बजारमा अहिले यसको मूल्य कतिसम्म जाला भन्ने अनेक हल्ला चलिरहे पनि यकिन भने छैन ।

वि.सं.२०७८ भदौ १८ शुक्रवार १४:५३ मा प्रकाशित

You can share this post!

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ५० हजार कित्तासम्म भर्न पाइने गरि नयाँ आईपिओ, कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज १० आइतवार २१:०२

काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरले भोलि अर्थात असोज ११ गतेदेखि...

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो, ५.६२ गुणा बढी आवेदन

वि.सं.२०७८ असोज १० आइतवार १८:११

काठमाडौं । साहस उर्जाको आइपीओमा लगानीकर्ताको ओइरो लागेको छ ।...

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

एनआरएनएको अध्यक्षमा कुल आचार्यद्वारा उम्मेदवारी घोषणा, के छन् प्रतिबद्धता ?

वि.सं.२०७८ असोज १० आइतवार १७:२८

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार तथा पूर्व...

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

आइएमई डबलको डबलको डबल अफरका विजेता घोषित, केशब र विशाललाई दोब्बर लाभ

वि.सं.२०७८ असोज १० आइतवार १६:४९

काठमाडौं । आइएमईले पर्व लक्षित दशैंमा डबलको डबलको डबल अफर...

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

उद्योग संगठन मोरङले सुरु गर्यो औद्योगिक सर्वेक्षण

वि.सं.२०७८ असोज १० आइतवार १६:२६

बिराटनगर । उद्योग संगठन मोरङले सुनसरी मोरङ औद्योगिक करिडोर र...

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

सेयर बजारमा पहिरोजाँदा यी हुन् कमाउने र गुमाउने कम्पनी ?

वि.सं.२०७८ असोज १० आइतवार १५:४१

काठमाडौं । सेयर बजारमा पहिरो जाँदा केही कम्पनीका लगानीकर्ताले कमाएका...