काठमाडौं । साताको पहिलो कारोबार दिन नेपाल बजारमा सुनको मूल्य वृद्धि भएको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन अर्थात शुक्रबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९१ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघले आजका लागि तेजावी सुनको मूल्य भने ९१ हजार रुपैयाँ कायम गरेको छ । अघिल्लो दिन प्रतितोला ९० हजार ४ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज प्रतितोला ३५ रुपैयाँले वृद्धि भएको चाँदीको मूल्य १२ सय ३० रुपैयाँ पुगेको छ । अघिल्लो दिन ११ सय ९५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
वि.सं.२०७८ भदौ २० आइतवार १०:५० मा प्रकाशित