काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा सुरु भएको छ । बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले लाइसेन्सको परीक्षा सुरु गरेको हो ।
वैशाख १५ गतेदेखि कोरोना महामारीका कारण लिखित र ट्रायल परीक्षा रोकिएको थियो । पुनः आजेदेखी परीक्षा सुरु भएको हो । कोरोनाका कारण परीक्षा नहुँदा आठ लाखको हाराहारीमा रहेका सेवाग्राहीले समस्यामा भोगिरहेका थिए ।
परीक्षाको बेलामा परीक्षार्थीले मास्क र स्यानिटाइजर प्रयोग गर्नुका व्यक्तिगत दूरी कायम गर्नुपर्ने छ । परीक्षा एक सिफ्टमा बढीमा ५० परीक्षार्थी सहभागी हुनेछन् ।
वि.सं.२०७८ भदौ २० आइतवार ११:४४ मा प्रकाशित