काठमाडौं । आज मञ्जुश्री फाइनान्स लिमिटेडको संस्थापक सेयरमा आवेदन दिने अन्तिम दिन रहेको छ ।
कम्पनीले बिक्रीमा ल्याएको संस्थापक समूह तर्फको ९ हजार १८७ कित्ता सेयरमा आज बैंकिङ समयसम्म आवेदन पेश गर्ने सकिनेछ ।
उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता ३ सय रुपैयाँ निर्धारण गरिएको छ । उक्त सेयर खरिद गर्न योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ/संस्थाहरुले अवोदन दिन सक्नेछन् ।
उक्त सेयर खरिदका लागि तोकिएको न्युनतम मूल्य भन्दा बढी अंकित गरि न्युनतम १ कित्तँ र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ भदौ २० आइतवार १२:०३ मा प्रकाशित