back
NMB ad

यी हुन नेपालमा लोकप्रिय बनेका विभिन्न ब्राण्डका एक दर्जन कारहरु, कुनको मूल्य कति ?

Kumari bank ad

काठमाडौं । नेपालमा विभिन्न ब्राण्डका एक दर्जन कारहरु लोकप्रिय छन् । नेपालमा लोकप्रिय बनेका विभिन्न ब्राण्डका कारहरु २८ लाख ४९ हजार रुपैयाँदेखि ८४ लाख ९० हजार रुपैइयाँसम्मका हुन् ।

नेपालमा डायट्सन गो, फोर्ड इकोस्पोर्ट, होन्डा डब्ल्यूआरभी, हुन्डाई क्रेटा, जीप कम्पास, किया सोनेट, महिन्द्रा स्कार्पियो, मारुती सुजुकी, निसान म्याग्नाइट, टोयोटा रस, रेनल्ट डस्टर र टाटा नेक्सन कार लोकप्रिय छन् ।

लोकप्रिय बनेका कारहरुमध्ये सबैभन्दा बढी मूल्य भने जीप कम्पास रहेको छ । जसको नेपाली बजारमा ८४ लाख ९० हजार रुपैयाँ पर्दछ । जसको नेपालका लागि आधिकारिक बिक्रेता लाइफ अटोमोबाइल प्रालि रहेको छ ।

यस्तै, अत्याधिक रुचाईएको तथा अन्यभन्दा कम मूल्य भने डायट्सन गो ब्राण्डका कार रहेको छ । नेपाली बजारमा डायट्सन गो २८ लाख ४९ हजार रुपैयाँमा उपलब्ध छ । यसको नेपालका लागि आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालि रहेको छ ।

सबै कारहरुमा टचस्क्रिन इन्फोटेन्टमेन्ट सिस्टम, पावर फोल्डिङ ओआरभीएमएस, स्टेरिङ्ग माउन्टेड कन्ट्रोल, अडियो कन्ट्रोल, स्पीड सेन्सेटिभ डोर लक अनलकको सिस्टम, सिट क्षमता, डिभिडि ल्पेयर, एसी वेन्ट्स लिग होल्डर लगायतका सुविधाहरु उपलब्ध छ ।

गो अटोमोबाइल्स प्रालि आधिकारिक बिक्रेता रहेको फर्ड इकोस्पोर्टको ३६ लाख ९० हजार रुपैयाँ मूल्य पर्दछ । होन्डा डब्ल्यूआरभीको ४७ लाख ३० हजार, हुन्डाई क्रेटाको ४६ लाख ५६ हजार, जीप कम्पासको ८४ लाख ९० हजार रुपैयाँ मूल्य रहेको छ ।

यस्तै, किया सोनेटलाई ३५ लाख ९० हजार रुपैयाँ, महिन्द्रा स्कार्पिओको ४९ लाख ९५ हजार, मारुती सुजुकीको ४१ लाख ६९ हजार, निसान म्याग्नाइटको २९ लाख ४९ हजार रुपैयाँ मूल्य पर्दछ ।

त्यसैगरि टोयोटा रसको ७३ लाख ५० हजार, रेनल्ट डस्टरको ४३ लाख ९० हजार र टाटा नेक्सनको ३९ लाख ९५ हजार रुपैयाँ पर्दछ ।

नेपालका लागि होन्डाको स्याकार टेड्रिङ प्रालि, हुन्डाईको लक्ष्मी इन्टरकन्टिनेटल, महिन्द्राको अग्निी इनकर्पोरेट, सुजुकीको सीजी मोटोकर्प, टायोटाको युनाईटेड ट्रेडर्स सिन्डिकेट आधिकारिक बिक्रेता हुन ।

वि.सं.२०७८ भदौ २० आइतवार १४:०४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...