back
NMB ad

नयाँ लगानीकर्तालाई त्रसित बनाउँदै सेयर बजार : १०८ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

Kumari bank ad

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । आइतबार बजार १०८.२६ अंकले घटेको हो ।

बजार परिसुचक पनि २८१८.७२ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । उक्त दिन कारोबार रकम पनि खुम्चिएको छ । आज ११ अर्ब २४ करोड ३ लाख ९१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

उक्त दिन कारोबार सुरु भएको करिब २ घन्टामा बजार ५.०३ प्रतिशतले घटेसँगै ४० मिनेट सेयर कारोबार भएको थियो । सेयर बजारमा भारी गिरावट आउँदा लगानीकर्ता त्रसित बनेका छन् ।

कारोबारको सुरुदेखि नै घटेको अहिले लगानीकर्ताले राष्ट्र बैंकको नीतिका कारण बजार घटेको आरोप लगाइरहेका छन् । पछिल्लो समय बजारमा देखिएको बियरिस ट्रेन्डले नयाँ लगानीकतर्चालाई भने निकै हतोत्साहित बनाएको छ ।

बजार निरन्तर गति लिइरहेको समयमा राष्ट्र बैंकले लिएको गलत नीतिका कारण बजारमा पहिरो चलेको जानकारहरुको भनाई छ । राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा ४ र १२ करोड रुपैयाँको सीमा लगाएको छ ।

यो नै पुँजी बजारको बाधक भएको लगानीकर्ताहरुको बुझाई रहेको छ । यो व्यवस्था तत्काल खारेजी गर्न सबैले माग गरिरहेका छन् ।

वि.सं.२०७८ भदौ २० आइतवार १५:१३ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...