back
NMB ad

कति पाउला त मानुषी लघुवित्तको आईपीओले पहिलो कारोबारका लागि आपनिङ्ग रेञ्ज ? यस्तो आयो संकेत

Kumari bank ad

काठमाडौं । मानुषी लघुवित्त वित्तीय कम्पनीको आईपीओ भदौ ७ गते बाँडफाँड सम्पन्न भएको छ ।कम्पनीको आईपीओमा ३६ हजार ८५९ जना लगानीकर्ताले सेयर पाएका छन् ।

जसमध्ये ३ जनाले ११ कित्ता र ३६ हजार ८५६ जनाले १०–१० कित्ता सेयर हात पारेका हुन् । आईपीओमा २३ लाख ६१ हजार ८२७ जनाले आवेदन दिएकामा ७ हजार ४३ जनाको आवेदन रद्द भएको थियो ।

बाँकी रहेका २३ लाख ५४ हजार ७८४ जनालाई गोलाप्रथा गरिएको थियो । गोलाप्रथाबाट ३६ हजार ८५९ जना लगानीकर्ताले भाग्यमानी ठहरिएका थिए ।

नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कम्पनीलाई पहिलो सेयर कारोबारका लागि प्रतिकित्ता १३२ रुपैयाँ ६९ पैसादेखि ३९८ रुपैयाँ ०७ पैसासम्मको मूल्य रेञ्ज पाउने देखिएको छ ।

नेप्सेले नयाँ कम्पनी सूचीकृत पश्चात पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थको तीन गुणासम्मको मूल्य रेञ्ज तोक्ने गर्दछ ।

कम्पनीको आर्थिक वर्ष २०७६/७७ सम्ममा कम्पनीको वास्तविक नेटवर्थ १३२ रुपैयाँ ६९ पैसा रहेको छ । कम्पनीले साउन २७ देखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गरेको थियो ।

जसमध्ये ५ हजार ४६९ कित्ता कर्मचारी र १९ हजार ६८८ कित्ता म्युचुअल फन्डलाई छुट्याएको थियो । लगानीकर्ताको भागमा ३ लाख ८ हजार ५९३ कित्ता सेयर रहेको थियो ।

वि.सं.२०७८ भदौ २० आइतवार १७:०४ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...