back
NMB ad

बजाजका बाइक किन्दा १० लाख रुपैयाँ जित्ने मौका

Kumari bank ad

काठमाडौं । लोकप्रिय मोटरसाइकल उत्पादक बजाजले आउँदो वडा दशै तथा तिहारको अवसर पारेर ‘खुसीको तीन डोज’ योजना ल्याएको छ ।

मनपर्ने बजाज ब्राण्डका मोटरसाइकल किन्दा मात्र होइन किन्नु अघि र किनेपछि पनि नगद उपहार पाउने सुविधा ल्याएको हो ।उक्त योजना अनुसार किन्नु अघि १० हजार रुपैयाँसम्म, किन्दा खेरी १ लाखसम्म र किनेपछि १० लाखसम्म नगद उपहार पाउने बजाजले जनाएको छ ।

ग्राहकले नयाँ बजाज ब्राण्डका मोटरसाइकल योजनाको अवधिमा आधिकारिक आउटलेट बाट मात्र खरीद गर्नु पर्नेछ । स्कीम अप्लिकेशनमामा दर्ता गर्दा पहिलो डोज अन्तर्गत १० हजार रुपैयाँसम्म नगद प्राप्त गर्न सकिने छ । जुन मोटरसाइकल खरिद पछि मात्रै भुक्तानी गर्न सकिने बताइएको छ ।

यस्तै मोटरसाइकल खरिद गर्दा दोस्रो डोज अन्तर्गत १ लाख रुपैयाँसम्म थप नगद उपहार प्राप्त गर्न सकिनेछ । साथै प्रत्येक मोटरसाइकल खरिद गरेका ग्राहकहरु तेस्रो डोज अन्तर्गत हुने लक्की ड्र मा समावेश हुनेछन । जस अन्तर्गत हरेक महिना १ जना भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ नगद जित्नु हुनेछ ।

उक्त योजनामा सहभागी हुन हंसराज हुलासचन्द एण्ड कं. प्रा. लि. तथा उक्त कम्पनीका अधिकृत बिक्रेताबाट नै बजाज मोटरसाइकल खरिद गरिएको हुनुपर्ने बताइएको छ ।

यो योजना हंसराज हुलासचन्द एण्ड कं. प्रा. लि द्धारा आगामी सुचना प्रकाशित नभएसम्म लागू हुने, यदि कुनै विवादास्पद परिस्थिति सिर्जना भएमा हंसराज हुलासचन्द एण्ड कं. प्रा. लि. को निर्णय नै अन्तिम निर्णय हुने बताइएको छ । खरिदकर्ताले प्राप्त गर्नु भएको नगद उपहारमा नेपाल सरकारको नियम बमोजिम कर कट्टा गरिने बताइएको छ ।

कुनको मूल्य कति ?

बजाजले फरक फरक आर्थिक स्तर र भिन्नाभिन्नै रुचि भएकाहरुलाई भिन्नाभिन्नै प्रकारका मोटरसाइकल बजारमा ल्याएको छ ।बजाजले विभिन्न मोडेलका बाइकका मूल्य पनि निर्धारण गरि सूची समेत प्रकशन गरेको छ ।

जसअनुसार बजाज प्लाटिना १०० इएस १०२ सीसीको १ लाख ७२ हजार ९ सय रुपैयाँ, डिस्कोभर १२५ ड्रम १२४.४ सीसीको १ लाख ९२ हजार ९ सय, डिस्कोभर १२५ डिस्क १२४.४ सीसीको १ लाख ९९ हजार ९ सय, डिस्कोभर १२५ एसटी १२५ सीसीको २ लाख १० हजार ९ सय रुपैयाँ रहेको छ ।

यस्तै, पल्सर १२५ को १२४.३ सीसीलाई २ लाख २६ हजार ९ सय, पल्सर १५० को १४९.५ सीसीकलाई २ लाख ६० हजार ९ सय रुपैयाँ, पल्सर १५० टिडी १४९.५ सीसीलाई २ लाख ७१ हजार ९ सय, पल्सर १६० एनएस एबिएस १६० .३ सीसीलाई २ लाख ९० हजार ९ सय, पल्सर २०० एनएस एफआई एबिएस १९९.५ सीसीलाई ३ लाख ७८ हजार ९ सय र पल्सर २२० एफ २२० सीसीलाई ३ लाख ३६ हजार ९ सय रुपैयाँ मूल्य तोकेको छ ।

त्यसैगरि एभेन्जर २२० क्रुज २२० सीसीको ३ लाख ४५ हजार ९ सय, एभेन्जर स्ट्रेट १६० एबिएस १६० सीसीलाई ३ लाख १९ हजार ९ सय र डोमिनार ४०० एबिएस ३७३.२७ सीसीलाई ५ लाख ७८ हजार ९ सय रुपैयाँ मूल्य तोकेको छ ।

वि.सं.२०७८ भदौ २१ सोमवार १६:४४ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...