back
NMB ad

बैंकमा बढ्यो कर्जाको माग

Kumari bank ad

काठमाडौं । एक साताको अवधिमा वाणिज्य बैंकमा ४ अर्ब निक्षेप संकलन हुँदा २२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ ।

बैंकर्स संघका अनुसार वाणिज्य बैंकमा निक्षेप संकलन भन्दा कर्जाको माग निकै बढेको छ । संघका अनुसार एक साताको अवधिमा बैंकमा निक्षेप संकलन भन्दा कर्जाको माग अधिक देखिएको छ । भदौ १८ सम्म आईपुग्दा बैंकहरुले ४१ खर्ब २९ अर्ब निक्षेप संकलन गरेका छन् ।

भदौ ११ गतेसम्म बैंकहरुले ४१ खर्ब २५ अर्ब निक्षेप संकलन गरेका थिए । यो एक साताको अवधिमा बैंकमा जम्मा ४ अर्ब मात्रै निक्षेप थपिएको हो ।

यता कर्जा तर्फ हेर्दा एक सातामा नै २२ अर्बको माग रहेको छ । सोही अनुसार बैंकहरुले २२ अर्ब कर्जा लगानी गरेका छन् । भदौ १८ गतेसम्म बैंकहरुले ३८ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

भदौ ११ गतेसम्म बैंकहरुले ३७ अर्ब ९७ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । एक साताको अवधिमा कर्जा प्रवाह २२ अर्बले बढेको छ । कोरोना महामारी न्यून भएसँगै बैंकहरुमा कर्जाको माग निकै बढेको देखिएको छ । निक्षेप संकलन भने खुम्चदै गएको संघको तथ्याङकले देखाएको छ ।

वि.सं.२०७८ भदौ २१ सोमवार १७:१५ मा प्रकाशित

You can share this post!

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

त्रिभुवन विमानस्थलबाट एक किलो ७० ग्राम सुन बेवारिसे अवस्थामा फेला   

वि.सं.२०८१ वैशाख ६ बिहीवार २१:१६

काठमाडौँ, ६ वैशाख : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो ७०...

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

अब परीक्षा केन्द्रको निर्धारण स्वचालित विधिद्वारा हुने  

वि.सं.२०८१ वैशाख ६ बिहीवार २०:५२

काठमाडौँ, ६ वैशाख  : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को...

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

दक्षिण एसियामै स्वच्छ ऊर्जाका लागि नेपालको भूमिका महत्वपूर्ण छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले नेपालको जलविद्युतमा गरिरहेको प्रगति...

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...