back
NMB ad

ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच अन्तरक्रिया

Kumari bank ad

काठमाडौं । ज्योति विकास बैंक र सुनसरी रत्न तथा आभूषण संघबीच अन्तरक्रिया कार्यक्रम सुनसरीमा सम्पन्न भएको छ ।अन्तरक्रिया कार्यक्रममा व्यवसायी र बैंक बीच बैंकिंग सहकार्यको उदेश्यको बारेमा छलफल भएको थियो।

कार्यक्रममा उद्यमशीलता प्रवर्धनका हेतुले ल्याइएका विभिन्न बैंकिंग सेवाहरु तथा डिजिटल बैंकिंग सम्बन्धि विभिन्न सेवाहरुको बारेमा छलफल तथा अन्तरक्रिया भएको थियो ।

बैंक र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघमा आबद्ध व्यवसायी र त्यस्ता संस्थामा कार्यरत कालिगढ एवं कर्मचारीहरुलाई बिना धितो सहुलियतपूर्ण कर्जा र विशेष छुटमा प्रोफेसनल लोन उपलब्ध गराउने,डिजिटल बैंकिंग सेवाहरु प्रदान गर्नुका साथै बैंकले आधुनिक बैंकिङ्ग,वित्तीय साक्षरता,उद्यमशीलता विकासका निमित्त बैंकले महासंघ संगको सहकार्यमा विभिन्न कार्यक्रमहरु संचालनमा ल्याउन दुई पक्षबीच सम्झौता पनि भएको थियो ।

सुनसरी रत्न तथा आभूषण महासंघ द्वारा शुभारम्भ गरेको स्वच्छ व्यवसायः सम्मानित व्यवसायी नामक अन्तरक्रिया कार्यक्रममा ज्योति विकास बैंकका तर्फबाट बैंकका इटहरी क्षेत्रका क्षेत्रीय प्रमुख प्रेमेश्वर शाक्य , बैंकका धरान शाखाका शाखा प्रबन्धक प्रकाश झा , ईटहरी शाखाका शाखा प्रबन्धक चंद्रदिप पहाडी , विराटनगर शाखाका शाखा प्रबन्धक देवी प्रसाद चम्लागाई र सुनसरी रत्न तथा आभूषण संघका तर्फबाट संघका अध्यक्ष टेक बहादुर यङ्गदेन , नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ १ नम्बर प्रदेश संयोजक तथा संघका संस्थापक अध्यक्ष विशन शाक्य तथा धरान , ईटहरी , इनरुवा र विराटनगरका व्यवसायी तथा उद्यमशील शिल्प व्यवसायी कालिगढहरुको उपस्थिति रहेको थियो।

 

वि.सं.२०७८ भदौ २१ सोमवार १७:२९ मा प्रकाशित

You can share this post!

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको मुक्तिनाथ भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई ३ रात...

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

कतारका अमिर भ्रमण सम्पन्न गरी फिर्ता, राष्ट्रपति पौडेलले गरे बिदाई   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:३७

काठमाडौँ, १२ वैशाखः मित्रराष्ट्र कतारका अमिर शेख तमिम विन हमाद...