back
Mega Long Ad

३ लाख ८१ हजार कित्ता सेयर बिक्री गर्दै एनआईसी एशिया बैंक, न्युनतम मूल्य कति ?

काठमाडौं । एनआईसी एशिया बैंकले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ ।

बैंकको आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको संस्थापक समूहको ३ लाख ८१ हजार ९०२ कित्ता सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयरको न्युनतम मूल्य प्रतिकित्ता १ हजार २९४ रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिदका गर्न प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताहरुले भदौ ३१ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

सेयर खरिदका लागि न्युनतम १०० कित्ता वा सो भन्दा माथि १० ले माग जानेगरि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

बोलपत्र आवेदन फाराम पाइने बुझाउनका लागि भने एनआईसी एशिया क्यापिटल, बैंकको कर्पोरेट कार्यालय, बैंकको शाखा कार्यालयहरुमा सम्पर्क गर्न सकिने छ ।

बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ भदौ २१ सोमवार ११:१७ मा प्रकाशित

You can share this post!

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

सांग्रिला डेभलपमेन्ट बैंकको ९७ औं शाखा बीरगंजमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:३६

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले पर्साको बीरगंज स्थित लिंकरोडमा ९७...

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

फोनपे डाइरेक्ट मार्फत १० रुपैयाँमै बैंकमा २ लाखसम्म पठाउन सकिने

वि.सं.२०७८ असोज ४ सोमवार १८:२५

काठमाडौं । फोनपेको फोनपे डाइरेक्ट मार्फत अन्तरबैंक रकम ट्रान्स्फर गर्दा...

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

संस्थाको वर्गिकरणमा नेप्सेको पुनरावलोकन, ३ वाणिज्य बैंकसहित विकास बैंक ‘ए’ वर्गमा

वि.सं.२०७८ असोज ४ सोमवार १८:१२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाको...

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

नेप्सेमा २९ हजार कित्ता सेयर सूचीकृत

वि.सं.२०७८ असोज ४ सोमवार १७:३१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा नेपाल ल्युब आयलको बोनस...

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

नेपाली बजारमा रियलमीको नयाँ ४ उत्पादन

वि.सं.२०७८ असोज ४ सोमवार १७:११

काठमाडौं । विश्वभरि सबैभन्दा छिटो बढिरहेको स्मार्टफोन ब्राण्ड रियलमीले आफ्नो...

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

सानिमा बैंकद्वारा ललितपुरको ढोलाहिटीमा कार्यालय स्थापना

वि.सं.२०७८ असोज ४ सोमवार १६:४९

काठमाडौं । सानिमा बैंक लिमिटेडले ललितपुरको ढोलाहिटीमा बैंक कार्यालय स्थापना...