
काठमाडौं । सेयर लगानीकर्ताहरुले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग गर्दै काठमाडौंमा विरोध र्याली निकालेका छन् ।
गभर्र्नरको कारण सेयर बजारमा पहिरो गएको भन्दै पुँजीबजार सुधार संघर्ष समिति गठन गरेर र्याली निकालेका हुन् ।
सोमबार लगानीकर्ताहरुले शंकरदेव कलेजबाट बालुवाटारसम्म विरोध र्याली निकालेका छन् ।
राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जाको सीमा ४ र १२ करोड कायम गरेपछि बजार घटेको भन्दै लगानीकर्ता विरोध प्रदर्शनमा उत्रिएका हुन् ।
लगानीकर्ताले विरोध र्यालीको क्रममा गभर्नर राजीनामा दे, पुँजीगत लाभकर ५ प्रतिशत कायम गर, बुक विल्डिङ खारेज गर, ब्रोकरको दादागिरी बन्द गर, बैंकलाई ब्रोकर लाईसेन्स दे, १० कित्ते नीति कार्यान्वयन गर जस्ता नारा लगाएर विरोध गरेका छन् ।
वि.सं.२०७८ भदौ २१ सोमवार १२:३१ मा प्रकाशित