back
NMB ad

जलवायु परिवर्तनको असर सामना गर्न कठिन हुँदैछ : ऊर्जा मन्त्री भुसाल

Kumari bank ad

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाई हुँदै गएको बताउनुभएको छ ।

औद्योगिक मूलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको भन्दै उहाँले नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताउनुभयो ।

निजामति कर्मचारी दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा मन्त्री भुसालले भन्नुभयो, ‘विकसित मूलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनु परेको छ, नखाएको विष लाग्ने अवस्था छ ।’

औद्योगिक र आणविक विकासका कारण जलवायु परिवर्तन भइ अप्रत्यासित विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै मन्त्री भुसालले भन्नुभयो, ‘देशका विभिन्न भागमा भुक्षयको मार खेप्नु परेको छ, जसका कारण हाम्रो दैनिक जीवन प्रभावित भएको छ ।’

सिन्धुपाल्चोकको हेलम्बुमा गएको भु–क्षयका कारण ठूलो जलधनको क्षति हुनाका साथै मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा उपत्यकाबासीका घरका धारामा आएको पानीसमेत रोकिएको बताउनुभयो । मन्त्री भुसालले भन्नुभयो, ‘भ–ुक्षयपछि आएको बाढी र त्यसले पु¥याएको क्षतिका कारण मानवीय एवं भौतिक क्षेत्री व्यहोर्नु परेको छ । मनाङ, रोल्पा, बागलुङलगायत क्षेत्रमा ठूलो असर पु¥याएको छ ।’

त्यस अवसरमा ऊर्जा सचिव देवेन्द्र कार्कीले वृक्षारोपण गरिएका वृक्षको उचित संरक्षण हुने विश्वास व्यक्त गर्दै वातारणमैत्री संरचनाको विकास गर्नुपर्नेमा जोड दिनुभयो । त्यसैगरी सिँचाइ तथा जलस्रोत सचिव सागरकुमार राईले खुला स्थानमा वृक्षारोपण गरेर वातावरणमैत्री एवं सभ्यताको सन्देश प्रवाह गर्नुपर्ने बताउनुभयो ।

वि.सं.२०७८ भदौ २१ सोमवार १२:३९ मा प्रकाशित

You can share this post!

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

नेपाल–कतार संयुक्त बाणिज्य परिषद स्थापना, महासंघ र कतार चेम्बरबीच सम्झौता

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:२५

काठमाडौं । नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार...

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लगाउने विधेयक कांग्रेसद्वारा पारित   

वि.सं.२०८१ वैशाख १२ बुधवार १२:१८

वासिङ्टन, १२ वैशाख : अत्यन्त लोकप्रिय सामाजिक सञ्जाल एप टिकटकलाई...

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा आज सार्वजनिक बिदा   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:४४

गोरखा, १२ वैशाख : गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको ‘गोरखा...

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

गर्मीयाममा कस्तो पेयपदार्थ पिउने त ?   

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:३५

डा अरुणा उप्रेती    काठमाडौँ, १२ वैशाख : गर्मीयाम सुरु भएसँगै...

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र कतारी अमिरबीच भेटवार्ता

वि.सं.२०८१ वैशाख १२ बुधवार ११:२२

काठमाडौँ, १२ वैशाख :नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर...

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

इन्स्योरेन्स कम्पनीमै पहिलो पटक सिटिजन लाइफले ल्यायो भिडियो केवाइसी सुविधा

वि.सं.२०८१ वैशाख १२ बुधवार १०:५३

काठमाडौं । नयाँ वर्ष २०८१ लाई लक्षित गरी सिटिजन लाइफ...