back
NMB ad

सामुदायिक शिक्षाको स्तर उकास्न महानगरले लगानी बढाएको छ : प्रमुख शााक्य

Kumari bank ad

काठमाडौं । आजबाट नवयुग माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव सञ्चालनमा आएको छ ।

काठमाडौं महानगर– २१ मा रहेको विद्यालयमा प्रमुख विद्यासुन्दर शाक्यले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुलभक्त शाक्यलाई डेक्सटप कम्प्युटर र प्रधानाध्यापक चुडामणि शर्मालाई ल्यापटप हस्तान्तरण गरेर ल्याब शुभारम्भ गर्नुभएको हो ।

सोही अवसरमा प्रमुख शाक्यले सामुदायिक शिक्षाको स्तर उकास्न महानगरले माग भए बमोजिमको लगानी बढाएको उल्लेख गर्नुभयो । ‘हामी माग अनुसारका संरचना बनाइदिन्छौँ । प्रविधि र प्राविधिक सुविधा उपलब्ध गराउँछौँ । उच्चस्तरीय शिक्षाका लागि आवश्यक पर्ने नीति बनाइदिन्छौँ । तर विद्यालयले प्रतिफल दिनुपर्छ । मैले भन्दै आएको छु, हामी संस्थागत विद्यालय विस्थापनको कुरा गर्दै छैनौँ तर प्रतिस्पर्धा गछौँ ।’ उहाँले विद्यार्थी संख्याको प्रसङ्ग जोड्दै भन्नुभयो, ‘निःशुल्क शिक्षा दिन्छौँ भन्ने सामुदायिक विद्यालयमा विद्यार्थी नहुनु र शुल्क लिएर अध्यापन गराउने संस्थागत विद्यालयमा विद्यार्थीको संख्या किन धेरै हुन्छ । अव समीक्षा गर्नुपर्छ र सामुदायिक विद्यालयले आफूलाई प्रतिस्पर्धी बनाउनुपर्छ ।’

महानगरले शिक्षामा गरेको लगानीको विषय उल्लेख गर्दै प्रमुख शाक्यले, विद्यालयलाई वातावरणमैत्री बनाउन हरियाली बढाउने, खेल मैदानलाई धुलोमुक्त बनाउने, सबै सामुदायिक विद्यालयमा एउटै रङ्ग लगाउने, महावाणी, भित्तेलेखन र भित्ते चित्र बनाउनेजस्ता संरचनागत काम गरेका छौँ । उहाँले प्राविधिक शिक्षाको कुरा गर्दै विज्ञान, प्रविधि, इन्जिनियरिङ, मानविकी र गणित शिक्षाको प्रवद्र्धनका लागि आविष्कार क्लव (स्टीम क्लब) स्थापना गरिएको बताउनुभयो । यसबाट सामुदायिक विद्यालयको सार्वजनिक छविमा सुधार हुँदै आएको बताउनुभयो ।

कार्यक्रममा वडा २१ का अध्यक्ष उदयचुडामणि बज्राचार्यले शिक्षकहरुलाई प्रविधिमैत्री बन्न आग्रह गर्नुभयो । हामी सामुदायिक विद्यालयलाई प्रविधियुक्त बनाउँदैछौँ । यदि शिक्षक प्रविधिमैत्री भएनन् भने पूर्वाधारले प्रतिफल दिन सक्दैन । त्यसैले शिक्षकहरु समयानुसार रुपान्तरण हुनुपर्छ, वडाध्यक्ष बज्राचार्यको भनाइ थियो ।

विद्यालय शिक्षामा महानगरले लगानी बढाएपछि विद्यार्थी संख्या बढ्न थालेको छ । विद्यालय प्रशासन र शिक्षकहरुमा नयाँ उत्साह थपिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शाक्यले भन्नुभयो, सामुदायिक विद्यालयहरुले अब आफूलाई अब्बल भएको पुष्टि गर्ने बेला आएको धारणा राख्नुभयो ।

विद्यालय शिक्षा महानगरमा आएपछि हामी उत्साहित भएका छौँ । महानगरसँग आफ्ना आवश्यकता सुनाउन पाएका छौँ । विद्यालयका प्रधानाध्यापक शर्माले, माग गरिएका सुविधा पाएपछि अभिभावक सँगै रहेको अनुभूति भएको बताउनुभयो ।

उहाँकाअनुसार आज शुभारम्भ गरिएको ल्याबमा ८ वडा डेक्सटप, एउटा ल्यापटप र एउटा ट्वाब छन् । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत प्राप्त ६ लाख ५० हजार रुपैयाँबाट यी उपकरण खरिद गरिएका हुन् ।

२०१५ सालमा स्थापना भएको यो विद्यालय नमूना विद्यालयका लागि छनौट भएको छ । यस विद्यालयमा करीब २ सय विद्यार्थी छन् ।

वि.सं.२०७८ भदौ २१ सोमवार १३:२८ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...