काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा उछाल आएको छ । सोमबार बजार १६१.९४ अंकले वृद्धि भएको हो ।
उक्त दिन विभिन्न १० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज नेपाल इन्भेष्टमेन्ट डिवेन्चर २०८२ को सेयर मूल्य १.९४ प्रतिशत, आईसीएफसीडी८३ को १.७४ प्रतिशत, एनआईसीडी ८३/८४ को १.७१ प्रतिशतले सेयर मूल्य घटेको छ ।
यी कम्पनीसहित सनराइज ब्लूचिप फण्ड, कुमारी इक्विटी फण्ड, सिटिजन्स म्युचुअल फण्ड– २, सानिमा लार्ज क्याब फण्ड र गुडविल फाइनान्स लिमिटेड डिवेन्चर २०८३ का लगानीकर्ताहरुले गुमाएका छन् ।
वि.सं.२०७८ भदौ २१ सोमवार १५:३२ मा प्रकाशित