back
NMB ad

काठमाडौँ महानगरलाई साक्षर नगर घोषणा, ९६.६० प्रतिशत साक्षर !

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरलाई साक्षर नगर घोषणा गरिएको छ । पद्मोदय माध्यमिक विद्यालय, प्रदर्शनी मार्गमा आयोजित कार्यक्रममा महानगरलाई ‘सांस्कृतिक सहर, साक्षर काठमाडौँ महानगर’ घोषणा गरिएको हो ।

स्थायी बसोबास भएका १५ बर्षदेखि ६० बर्ष उमेर ९५ प्रतिशतभन्दा धेरै व्यक्ति भएपछि त्यस्ता क्षेत्रलाई साक्षर घोषणा गरिन्छ । महानगरमा साक्षरता प्रतिशत ९६.६० छ । केन्द्रीय तथ्याङ्क विभागअनुसार ०६८ सालमा काठमाडौँ महानगरमा ८८.५२ प्रतिशत साक्षर थिए ।

घोषणापछि कार्यक्रममा बोल्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले, साक्षरतालाई शतप्रतिशत बनाउन आफ्नो जोड रहेको बताउनुभयो । महानगरलाई गएको बर्ष फागुनमा साक्षर नगर घोषणा गर्ने हाम्रो कार्यक्रम थियो । विश्वव्यापी महामारी कोविडका कारण केही पछि आउनु प¥यो । शाक्यले भन्नुभयो, ‘अहिलेको प्रगतिलाई हामी बढाउँदै लैजान्छौँ । सामुदायिक सिकाइ केन्द्रको संख्या थपेर निरक्षरलाई साक्षर बनाउँदै लैजान हामीले नीति र बजेटको व्यवस्था गरेका छौँ । कतिपय कार्यक्रमको प्रतिफल पछि आउँछ । अहिले हामीले शिक्षामा गरेको लगानीको भविष्यमा राम्रो प्रतिफल प्राप्त हुनेमा आशावादी छौँ । प्रमुख शाक्यको भनाइ थियो ।

२०७७ को चैत मसान्तभित्र बागमती प्रदेशलाई साक्षर प्रदेश बनाउने योजना थियो । कोविडका कारण लक्ष्य राखिएको समयमा घोषणा गर्न सकिएन । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख शिवसुन्दर राजवैद्यले, अहिले अन्य पालिकाहरु पनि साक्षर घोषणा गर्ने अभियानमा रहेको उल्लेख गर्नुभयो ।

त्यस अवसरमा उपप्रमुख हरिप्रभा खड्गीले साक्षरतामा प्रगति भएपछि सहरी विकासको सूचकमा एक फड्को पूरा भएको उल्लेख गर्नुभयो । साक्षर हुनेलाई साक्षरोत्तर कार्यक्रम सञ्चालन गर्नु पर्छ । यसका लागि महानगरले काम गर्ने उहाँको भनाई छ ।

कार्यक्रममा शिक्षा अधिकारी रामप्रसाद सुवेदी, शिक्षा समन्वय इकाइका प्रमुख नन्दलाल पौडेल, शिक्षा अधिकृत मोती भट्टराईलगायत वक्ताले साक्षर व्यक्तिहरुले स्तरीय जीवन व्यतीत गर्नुलाई यसको थप प्रगतिको सूचकका रुपमा हेर्नुपर्ने उल्लेख गर्नुभयो ।

महानगरको वडा १८ लाई यसअघि नै साक्षर वडा घोषणा गरिसकिएको थियो । वडा २४ मा निरक्षर नरहेको शिक्षा अधिकृत भट्टराई जानकारी दिनुभयो । ३२ वटा वडामध्ये १०, २८ र ३० मा साक्षरताको प्रतिशत ९९ छ । यिनीहरु सबैभन्दा धेरै साक्षरता भएका वडा हुन् । सबैभन्दा कम साक्षरता भएको वडा १४ हो । यस वडामा साक्षरताको प्रतिशत ९० छ ।

शिक्षा विभागकाअनुसार वडा २, ७, ११ र २७ गरी ४ वटा वडामा ९८ प्रतिशत, वडा ३ र १६ गरेर २ वटा वडामा ९७ प्रतिशत साक्षर छन् । वडा १३ मा ९७.४६ प्रतिशत साक्षर छन् । वडा १, ५, ६, १५, १७, १९ र २४ गरी ७ वटा वडामा ९६ प्रतिशत साक्षर छन् । वडा ८, ९, २१, २६, २९ र ३१ गरी ६ वटा वडाको साक्षरता प्रतिशत ९५ प्रतिशत हो । वडा २० मा ९५.२५ प्रतिशत र वडा ३२ मा ९५.५ प्रतिशत साक्षर छन् । वडा ४ र १२ गरी २ वटा वडामा ९४ प्रतिशत साक्षर छन् ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १०:३२ मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...