काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले शाखा कार्यालयहरु संचालनका लागि घर भाडामा खोजेको छ । बैंकको देशका विभिन्न स्थानमा शाखा संचालनका गर्नका लागि घर भाडामा लिनका लागेको हो ।
एक सूचना निकाल्दै बैंकले बर्दियाको मधुवन नगरपालिका–८ सानोश्री, राजपुर नगरपालिका–४ राजापुर र बारबर्दिया नगरपालिका–६ मगरगढीका लागि घरभाडामा आवश्यक रहेको जनाएको छ ।
यस्तै बैंकले शाखा कार्यालय संचालनका लागि दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरको लागि पनि घर भाडामा खोजेको छ ।
यी स्थानमा घर भाडा दिन चाहने घरधनीहरुले ७ दिनभित्र कार्यालय समयमा आवश्यक कागजातसहित बैंकको नजिकको कलष्टर कार्यालय वा कार्यालयको इमेल मा निवेदन दिन सकिनेछ ।
भाडामा दिने घर आरसिसि फ्रेम स्ट्रक्चरसहितको पक्की हुनुपर्ने, कार्यालयका लागि आवश्यक पर्ने पानी, बिजुली, ढल निकास, पार्किङ, जेनेरेटर तथा एटीएम राख्ने ठाँउ लगायतको सुविधा भएको हुनेपर्ने बैंकले जनाएको छ ।
विस्तृतका लागि हेर्नुहोस्, सूचना
वि.सं.२०७८ भदौ २२ मंगलवार ११:२४ मा प्रकाशित