back
NMB ad

आक्रामक बन्दै राष्ट्रियस्तरका विकास बैंकः ३ अर्ब ३७ करोड लगानी, निक्षेप संकलन डेढ अर्ब बढी

Kumari bank ad

काठमाडौं । राष्ट्रियस्तरका विकास बैंकमा एक सातामा १ अर्ब ६६ करोड १४ लाख रुपैयाँ निक्षेप बढेको छ ।

विकास बैंकमा निक्षेप संकलन भन्दा पनि कर्जाको माग निकै बढेको छ । एक साताको अवधिमा राष्ट्रियस्तरका विकास बैंकले ३ अर्ब ३७ करोड ५३ लाख रुपैयाँले कर्जा लगानी बढेको छ ।

भदौ १८ गतेसम्म राष्ट्रिय स्तरका विकास बैंकहरुले ४ खर्ब १६ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो अवधिमा बैंकहरुले कर्जा भने ३ खर्ब ६५ अर्ब ९१ करोड ३३ लाख रुपैयाँ प्रवाह गरेको तथ्याङकले देखाएको छ ।

एक साताको अवधिमा क्षेत्रीस्तरका विकास बैंकको निक्षेप संकलन २५ करोड २७ लाख रुपैयाँले घटेको छ । यता कर्जाको माग भने क्षेत्रीस्तरका विकास बैंकमा पनि निकै देखिएको छ । एक साताको अवधिमा क्षेत्रीस्तरका बैंकमा कर्जाको माग ३६ करोड ३३ लाख रुपैयाँले बढेको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंक, साहारा विकास बैंक र साल्पा विकास बैंकको तथ्याङक भने राखिएको छैन । १० मध्ये ७ वटाको तथ्यांक अनुसार ७२ अर्ब १७ करोड रुपैयाँ निक्षेप संकलन भएर कर्जा भने ६७ अर्ब १७ करोड २५ लाख रुपैयाँ पुगेको छ ।

एक साताको अवधिमा १५ वटा बैंकको निक्षेप एक अर्ब ४० करोड ८६ लाख रुपैयाँले बढेर ४ खर्ब ८८ अर्ब ५४ करोड ९८ लाख रुपैयाँ पुगेको छ । यस्तै कर्जाको माग ३ अर्ब ७३ करोड ८६ लाख रुपैयाँले बढेर ४ खर्ब ३३ अर्ब ८ करोड ५८ लाख रुपैयाँ पुगेको छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार ११:३७ मा प्रकाशित

You can share this post!

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...