back
NMB ad

अर्थमन्त्रीको एक फोनले उछाल ल्याएको सेयर बजारलाई आज के भयो ?

Kumari bank ad

काठमाडौं । निकै उतार चढावकाबीच सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सेयर बजारमा आएको गिरावट कारोबार रकममा पनि असर देखाएको छ ।

मंगलबारको कारोबारमा बजार मापन गर्ने सूचक ४४.१८ अंकले घटेर परिसूचक २९३६.६१ बिन्दुमा रोकिएको छ । यो दिन ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार १६१ रुपैयाँको सेयर किनबेच भएको छ । पछिल्लो समय सेयर बजार राष्ट्र बैंकका हवला दिँदै निकै उतार चढाव भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै सेयर धितोमा कर्जा लिन पाउने गरेको व्यवस्थाले गर्दा यतिबेला बजारमा निकै असर देखिएको छ ।

आइतबार बजार १०८ अंकले घट्यो । ५ प्रतिशतको नकारात्मक सर्किट लागेपछि बजार बन्द भयो । सोमबार लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीको विरुद्धमा विरोध र्याली गरे । सोमबार नै अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गभर्नर अधिकारीलाई आग्रह गर्नुभयो । उहाँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको छ । गभर्नर अधिकारीले पनि आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । फलस्वरुप बजार १६२ अंकले बढ्यो ।

तर राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति तीन महिना अघि संशोधन गर्न नमिल्ने धारणा सार्वजनिक गरेको छ । जसको असर बजारमा पुनः परेको देखिएको छ । सोमबार मन्त्रीले गभर्नरलाई गरेको फोनका कारण बढेको बजार मंगलबार राष्ट्र बैंकको धारणाले गर्दा पुन घटेको छ ।मंगलबार २२२ कम्पनीको १ करोड ५० लाख ८२ हजार ८१ कित्ता सेयर किनबेच भएको छ ।

वि.सं.२०७८ भदौ २२ मंगलवार १५:१४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...