back
Mega Long Ad

पुनर्बीमा कम्पनीले गर्यो लाभांश परिर्माजन, कति कायम भयो त बोनस र नगद कति ?

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले लाभांश परिर्माजन प्रस्ताव गरेको छ । कम्पनीले यसअघि प्रस्ताव गरेको २० प्रतिशत लाभांश पारिमार्जन गरेको हो ।

यसअघि कम्पनीले १६.५० प्रतिशत बोनस सेयर र ३.५० प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसमेत) वितरण गर्ने प्रस्ताव गरेमा परिमार्जन गरि १६.५० प्रतिशत बोनस र २.५० प्रतिशत परिमार्जित नगद लाभांश(कर प्रयोजनार्थ समेत) प्रस्ताव गरेको छ ।

बीमा समितिको निर्देशानुसार कम्पनीको भदौ २२ गते बसेको संचालक समितिको ३५९औं बैठकबाट उक्त लाभांश परिमार्जन गरेको बताइएको छ ।

आर्थिक वर्ष २०७६/७७ को परिमार्जित वित्तीय विवरण अनुसार कम्पनीमा रहेको सेयर प्रिमियम बाहेकको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजी १० अर्ब रुपैयाँको १६.६० प्रतिशत बोनस र २.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

परिमार्जित लाभांश वितरणका गर्न कम्पनी ऐन, २०६३ को दफा १८२ को उपदफा २ को प्रावधान बमोजिम अर्थमन्त्रालय समक्ष स्वीकृतिका लागि अनुरोध गर्ने छ ।

उक्त प्रस्ताव अर्थमन्त्रालय र नियामक निकाय बीमा समितिबाट स्वीकृत प्राप्त भई साधारणसभाबाट पारित भए पश्चात लाभांश वितरण हुनेछ ।

वि.सं.२०७८ भदौ २३ बुधवार १०:४२ मा प्रकाशित

You can share this post!

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

सानिमा बैंकले घाेषणा गर्याे लाभांश, बाेनस र नगद कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १९:२८

काठमाडौं । सानिमा बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश दिने प्रस्ताव...

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

१ हजार ६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजना तत्काल निर्माण गर्न स्थानीयको माग

वि.सं.२०७८ असोज ६ बुधवार १८:१२

काठमाडौं । संखुवासभाको भोटखोला गाउँपालिकामा पहिचाहन भएको १ हजार ६१...

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

माछापुच्छ्रे बैंकले १४ प्रतिशत लाभांश दिने, बोनस कति ?

वि.सं.२०७८ असोज ६ बुधवार १७:५७

काठमाडौं । माछापुच्छ्रे बैंकले लगानीकर्तालाई १४ प्रतिशत लाभांश दिने भएको...

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

काठमाडौं उपत्यकामा अब ९९ रुपैयाँमा ट्याक्सी चढ्न पाईने

वि.सं.२०७८ असोज ६ बुधवार १७:५३

काठमाडौं । काठमाडौं उपत्यकाका ट्याक्सी सेवालाई आधुनिक र व्यवस्थित बनाउने...

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

अशोक लेलैण्डको दसैँ तिहार योजना: गाडी खरिदमा विशेष छुटदेखि यूरोप टुरसम्मको सुविधा

वि.सं.२०७८ असोज ६ बुधवार १७:४८

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत संचालित आईएमई मोटर्सले नेपालीहरुको महान चाड...

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

मेगा बैंकले साना किसानलाई आधुनिक ढंगले कृषि कार्य गर्न सहुलियत कर्जा दिने

वि.सं.२०७८ असोज ६ बुधवार १७:३८

काठमाडौं । मेगा बैंकले साना कृषक तथा उद्यमीहरुको कृषि तथा...