back
NMB ad

निजी क्षेत्रलाई जलस्रोत उत्पादनमा आकर्षित गर्न मन्त्रालय र बोर्ड मिलेर काम गर्नुपर्छ : मन्त्री भूषाल

Kumari bank ad

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भूषालले दिगो विकास लक्ष्यले सबैका लागि सस्तो, विश्वासिलो, दिगो र आधुनिक उर्जाको सुनिश्चितता गरिने बताउनु भएको छ । लगानी बोर्डको दशौं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

उहाँले जलस्रोतको उत्तम सदुपयोग गर्दै जतिसक्दो छिटो देशमा उर्जा उत्पादनको सम्भावनालाई साकार पार्नुपर्नेमा जोड दिनुभयो । ‘यो कार्य सरकार एक्लैले पुरा गर्न सक्ने देखिंदैन तसर्थ देशमा ऊर्जाको विद्यमान सम्भवनालाई साकार पार्न निजीक्षेत्रसँग साझेदारी गर्नुपर्छ’ मन्त्री भूषालले भन्नुभयो ।

नेपालमा सार्वजनिक निजी साझेदारीको व्यवस्थापनको लागि मुख्य निकायको रुपमा लगानी बोर्ड रहेकोले यस अवधारणाको कार्यान्वयनमा सरकारको प्रयासहरुलाई बोर्डले प्रभावकारी तरिकाले सम्पादन गर्ने आशा व्यक्त गर्दै मन्त्री भूषालले निजी क्षेत्रलाई जलस्रोतको उत्पादन ÷ उपयोगका लागि आकर्षित गर्न मन्त्रालय र लगानी बोर्ड समेत मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले आर्थिक विकासका लागि पूर्वाधार क्षेत्रमा लगानी महत्वपूर्ण रहेको बताउनु भयो । पूर्वाधार विकासलाई तीब्ररुपमा अगाडि बढाउन बोर्डले लगानीयोग्य परियोजनाहरुको सूची तयार गरेको जानकारी गराउनुभयो ।

‘यसले लगानीकर्ताका लागि प्रतिफल र देशको आवश्यकता पुरा गर्ने सुनिश्चितता प्रदान गर्नेछ’ भट्टले भन्नुभयो ‘केही वर्षभित्रै लगानी बोर्ड सार्वजनिक निजी साझेदारीको उत्कृष्टताको केन्द्रको रुपमा विकास हुने छ ।’

वि.सं.२०७८ भदौ २३ बुधवार १४:३१ मा प्रकाशित

You can share this post!

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...