back
NMB ad

अनसनको धम्कीले पनि देखिएन सेयर बजारमा सुधार: ६२ अंकले घट्यो, झनै खुम्चियो कारोबार रकम

Kumari bank ad

काठमाडौं । सेयर बजारमा आज पनि भारी अंकको गिरावट आएको छ । बुधबार बजार ६०.०२ अंकले घटेको हो । बजार परिसुचक पनि १८७६.५९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

उक्त दिन कारोबार रकममा पनि गिरावट खाएको छ । अघिल्लो दिन ७ अर्ब ४९ करोड ५८ लाख १२ हजार रुपैयाँ बराबरको कारोबार भएकोमा आज भने ६ अर्ब ६४ करोड ६६ लाख २३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै सेयर धितोमा कर्जा लिन पाउने गरेको व्यवस्थाले गर्दा यतिबेला बजारमा निकै असर देखिएको छ ।

आइतबार बजार १०८ अंकले घट्यो । ५ प्रतिशतको नकारात्मक सर्किट लागेपछि बजार बन्द भयो । सोमबार लगानीकर्ताले गभर्नर महाप्रसाद अधिकारीको विरुद्धमा विरोध र्याली समेत गरेको थिए ।

त्यसपश्चात सोमबार नै अर्थमन्त्री जनार्दन शर्माले पुँजी बजारमा देखिएको पछिल्लो परिस्थितिलाई सहज बनाउन गभर्नर अधिकारीलाई आग्रह गर्नुभयो । उहाँले कहाँ के सुधार गर्नुपर्ने हो त्यो गरेर पुँजी बजारको समस्या समाधान गर्न गभर्नरलाई भन्नु भएको थियो । गभर्नर अधिकारीले पनि आवश्यक प्रक्रिया मिलाई परिस्थिति सहज बनाउन प्रयास गर्ने प्रतिवद्धता जनाउनुभएको छ । फलस्वरुप बजार १६२ अंकले बढेको थियो ।

तर, राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति तीन महिना अघि संशोधन गर्न नमिल्ने धारणा सार्वजनिक गरेको छ । जसको असर बजारमा पुनः परेको देखिएको छ । सोमबार मन्त्रीले गभर्नरलाई गरेको फोनका कारण बढेको बजार मंगलबार राष्ट्र बैंकको धारणाले गर्दा पुन घटेको छ ।

यता, सेयर लगानीकर्ताले आज (बुधबार) देखि २९ गतेसम्म माइतिघर मण्डलामा दैनिक २ घन्टा रिले अनसन बस्ने भएका छन् । पुँजी बजार सुधार सङ्घर्ष समितीले आजदेखि माइतीघरमा ३ देखी ५ बजेसम्म रिले अनसन बस्न लागेको लागेको जनाएको छ ।

पछिल्लो समय सुरु भएको आन्दोलनको नेतृत्वकर्ता दिपेन्द्र अग्रवालका अनुसार बुधबार दिउँसो ३ देखी ५ बजेसम्म मण्डलामा रिलेअनसन हुने छ । पहिलो चरणमा भदौ २९ गतेसम्म रिले अनसन गर्ने उहाँको भनाई छ ।

उक्त अवधिमा राष्ट्र बैंक समक्ष बुझाएका १८ बुँदे माग पुरा नगरेको खण्डमा २९ गतेपछि आमरण अनसन बस्ने तयारीमा संघर्ष समिति रहेको छ । त्यसको लागि भने स्थान तय भएको छैन । समितिले सोमबार नेपाल राष्ट्र बैंकका प्रवक्ता देव कुमार ढकाललाई १८ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत एक बैंक तथा वित्तीय संस्थाबाट ४ करोड रुपैयाँ र एक व्यक्तिले बढीमा १२ करोड रुपैयाँमात्रै सेयर धितोमा कर्जा लिन पाउने गरेको व्यवस्थापछि लगानीकर्ता त्यसको विरोध गर्दै आन्दोलित बनेका छन् ।

वि.सं.२०७८ भदौ २३ बुधवार १५:०३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...