back
NMB ad

कोरोना उपचारमा सिड्स धादिङको बढ्दो सक्रियता, थाक्रे गाउँपालिकालाई दियो स्वास्थ्य उपकरण

Kumari bank ad

काठमाडौं । सिड्स धादिङले कोरोना महामारी नियन्त्रण तथा उपचारका लागि स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरेको छ ।

कोरोना उपचारमा सक्रिय संस्थाले थाक्रे गाउँपालिकालाई  बुधवार विभिन्न स्वास्थ्य उपकरण तथा सामग्री हस्तान्तरण गरेको हो ।

सिड्स धादिङको आयोजना सस्थागत विकास सञ्जालको साझेदारी र ब्रोट फर द वल्र्डको आर्थिक सहयोगमा सञ्चालित विकासका लागि साझेदारी परियोजना मार्फत अक्सीजन ग्यास सिलिन्डर १२ वटा, रेगुलेटर १२ थान, सिटामोल ३० हजार चक्की, मेट्रोनिडाजोल २० हजार चक्की, जिवन जल ४ हजार पाकेट, भिटामिन बि र सि ४० हजार , सेनिटाईजर २५ लिटर सहित ३० हजार माक्क हस्तान्तरण गरेको हो ।

बिश्व महामारीको रुपमा फैलिरहेको कोरोना रोकथाम र उपचारका लागि सरकारले गरिरहेको क्रियाकलापलाई नागरिकको तर्फबाट योगदान गुर्नपर्छ र यसका लागि क्रियाशिल समाजिक सस्थाको भुमिका अझै वढी जिम्मेवार र महत्वपूर्ण रहने भएकोले आज एक कार्यक्रम बिच कोरोना महाविपत्तिमा अभावको रुपमा देखिएको समस्यालाई सहजता प्रदान गर्न उक्त सामग्री वितरण गरिएको हो ।

सोही अवसरमा सिड्स सस्थाका कार्यकारी निर्देशक गोकर्ण रुपाखेतीले यस अवस्थामा सस्थाले कोरोनावाट कोहि पनि विचलित हुन नपरोस भनेर सहयोग गरेको बताउनुभयो । उहाँले पालिकाले गरेको बिरामी घरमा अक्सीजन सेवालाई टेवा पुर्याई सबै नागरिकमा सहज आपूर्तिको लागि योगदान गर्न साझेदार सस्थाको हिसावले सामाग्री उपलब्ध गराईएको स्पष्ट पार्नु भएको थियो ।


सोहि अवसरमा जिल्ला समन्वय समिति सदस्य उर्मिला रेग्मीले सिड्स र सञ्जालले लक्षित वर्गमा सञ्चालित कार्यक्रवाट सो वर्गको कोरोना जोखिमलाई कम गर्न यस्तो सहयोग निरन्तर गरिरहेको मा धन्यवाद दिनु भएको थियो ।

यस्तै, पालिका प्रमुख प्रशासकिय अधिकृत वलराम लम्सालले सिड्स धादिङले यस अगाडी पनि सर्जिकद वेड सहितको औषधि उपलब्ध गराएर थाक्रे गाऊँ पालिकालाई ठुलो योगदान गरेको उल्लेख गुर्नभयो ।

उहाँले अक्सीजन सिलिन्डर सहितका सामाग्री उपलब्ध गराएर जनताको मनोवल उच्च राख्न पालिकाको उपचार सेवालाई प्रभावकारी वनाउन खेलेको भुमिका प्रति आभार व्यक्त गर्नुभयो । साथै यसको सहि प्रयोगमा गाऊँ पालिका सधै सचेत र क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

वि.सं.२०७८ भदौ २३ बुधवार १६:४४ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...