back
NMB ad

असोज १ गतेदेखि देशभर सहुलियत पसल संचालन हुने, कुनमा कति पाइन्छ छुट ?

Kumari bank ad

काठमाडौं । सरकारले आसनन चाडवाडलाई लक्षित गरि असोज १ गतेदेखि देशभर सहुलियत पसल संचालन गर्ने भएको छ ।
कात्तिक २४ गते छठ पर्वसम्म देशका विभिन्न ३९ स्थानहरुमा सहुलियत पसल सञ्चालन गर्ने भएको हो ।

एक सूचना निकाल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहुलियत पसलमा छुटसहित खाद्यवस्तुको बिक्री गर्ने मन्त्रालयले घोषणा गरेको हो ।

जसअनुसार मोटा/मसिनो चामलमा प्रतिकिलो ५ रुपैयाँ, सिमी र फापर प्रतिकिलो १० रुपैयाँ, नुन प्रतिकिलो २ रुपैयाँ, चिनी प्रतिकिलो ५ रुपैयाँ छुट पाइने छन ।

यसैगरी, खसीबोका प्रतिकिलो १० रुपैयाँ र दुग्ध विकास संस्थानबाट बिक्री हुने दुध, पनिर, घ्यूसमेतका दुग्धजन्य पदार्थहरुमा पनि छुट दिई बिक्री वितरण गरिने भएको छ ।

चाडवाडलाई लक्षित गरि खाना पकाउने एलपि ग्यास र पेट्रोलियम पदार्थको आपूर्तिलाई थप सहज तुल्याउन नेपाल आयाल निगमलाई निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

चाडवाडको समयमा खरिद बिक्री र उपभोग बढ्ने भएकाले उपभोग्य बस्तुको मूल्य, गुणस्तर र तौल लगायतका विषयमा कार्ययोजना बनाई थप सघन र संयुक्त अनुगम गर्ने मन्त्रालय निर्णय गरेको छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार १७:०९ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...