back
NMB ad

‘कोरोना खोपमा मात्रै ध्यान दिँदा खोपद्वारा रोकथाम गर्न सकिने अन्य रोगको जोखिम बढ्यो’

Kumari bank ad

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनले दक्षिणपूर्वी एसिया क्षेत्रका देशहरूलाई हाल जारी कोभिड-१९ को खोप कार्यक्रमको तीव्र विस्तारका साथै नियमित खोप कार्यक्रमहरूको पनि परिमाण विस्तार गर्न अपिल गरेको छ ।

क्षेत्रीय समितिको ७४ औं बैठकमा क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले महामारीको कारण खोपद्वारा रोकथाम गर्न सकिने रोगहरू सम्बन्धित खोप सेवाहरू तथा निगरानी प्रक्रिया अवरुद्ध भएको हुनाले यी रोगहरूको जोखिम बढिरहेको बताउनुभयो । यस सम्बन्धमा विभिन्न प्रयासहरू गरिराखिएको भएपनि अझ धेरै काम गर्नुपर्ने, यी सेवाहरू नपुगेका वा पर्याप्त मात्रामा नपुगेका जनसङ्ख्याहरूसम्म पुग्नका लागि काम गर्न आवश्यक रहेको बताउनुभयो ।

डिटिपि–३ खोपको कभरेज ९१ प्रतिशत पुर्याइसकेको हुनाले यो क्षेत्र खोपद्वारा रोकथाम गर्न सकिने रोगको हकमा उक्त समयसम्मकै उत्कृष्ट अवस्थामा पुगिसकेको बताउनुभयो । ११ मध्ये १० देशहरूले डिटिपि–३ खोपको कभरेज ९० प्रतिशत भन्दा बढी हासिल गरिसकेका थिए ।

यस क्षेत्रका देशहरूले महामारीको दौरानमा अत्यावश्यक सेवाहरू पुनःसुचारु गर्दा नियमित खोप कार्यक्रमहरूलाई प्राथमिकता दिएका भएपनि यस क्षेत्रको डिटिपि कभरेज ८५ प्रतिशतमा झरेको छ । सन् २०१९ मा खोप नै नलगाएका वा पूर्ण रूपमा खोप नलगाएका बालबालिकाको सङ्ख्या ३० लाख रहेकोमा हाल सो सङ्ख्या बढेर ४९ लाख पुगेको छ । खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको निगरानी प्रक्रिया प्रभावित भएको छ ।

कोभिड–१९ महामारीले यस क्षेत्रको प्रमुख प्राथमिकताको रूपमा रहेको दादुरा तथा रुबेला उन्मूलनका रणनीतिहरूको कार्यान्वयनमा असर पारेको छ । दादुरा विरुद्धको खोपको पहिलो मात्राको अनुमानित कभरेज यस क्षेत्रमा सन् २०१९ मा ९४ प्रतिशत रहेकोमा सन् २०२० मा घटेर ८८ प्रतिशत पुगेको छ । त्यसैगरी, दादुरा विरुद्धको खोपको दोस्रो मात्राको कभरेज पनि सन् २०१९ मा ८३ प्रतिशत रहेकोमा सन् २०२० मा घटेर ७८ प्रतिशत पुगेको छ ।

कोभिड–१९ महामारीको परिणामस्वरूप विभिन्न देशहरूमा निगरानी प्रक्रिया पनि अवरुद्ध हुनुका साथै बृहत् खोप अभियान तथा अन्य खोप सम्बन्धित क्रियाकलापहरूको कार्यान्वयन पनि प्रभावित भएको छ । ‘कोभिड–१९ पुर्याएको क्षतिलाई तुरुन्त क्षतिपूर्ति गर्नुपर्ने, गत दशकमा हासिल भएको प्रगतिको दरलाई पुनः प्राप्त गर्नुपर्ने, र शिशु, बालबालिका तथा वयस्कहरूलाई जीवन रक्षक खोपहरूद्वारा संरक्षण दिनुपर्ने आवश्यकता छ,’ डा. खेत्रपाल सिंहले भन्नुभयो ।

हाल जारी क्षेत्रीय समिति बैठकले दक्षिणपूर्वी एसिया क्षेत्रीय खोप कार्ययोजना २०२२–२०३० को रणनीतिक खाकामा पनि छलफल गरेको छ । उक्त कार्ययोजना कोभिड–१९ विरुद्धको खोप तथा कोभिड–१९ महामारीबाट प्रभावित खोप प्रणालीहरू तथा खोपद्वारा रोकथाम गर्न सकिने रोगहरूको निगरानीको पुनःस्थापनामा केन्द्रित छ ।

कोभिड–१९ विरुद्धको खोप सम्बन्धी प्रयासहरूलाई असर नपारिकन नियमित खोप कार्यक्रमहरूलाई कायम राख्न तथा अभिवृद्धि गर्नका लागि हामीसँग रणनीतिहरू भएको सुनिश्चित गर्नुपर्ने डा. सिंहले बताउनुभयो । नियमित खोप कार्यक्रम तथा कोभिड–१९ विरुद्धको खोप कार्यक्रमका लागि पर्याप्त जनशक्ति, खोप सेवाहरूको पहुँच गर्नका लागि मानिसहरूमा आत्मविश्वास अभिवृद्धि गराउने प्रयासहरू र बन्दाबन्दीको अवधि सकिनासाथ तुरुन्त खोप सम्बन्धी क्रियाकलापहरूलाई विस्तार गर्नका लागि मानक सञ्चालन कार्यविधि जस्ता कुराहरू सुनिश्चित गर्नु आवश्यक रहेको उहाँले बताउनुभयो ।

‘यस खाकाको कार्यान्वयनका लागि उच्चस्तरीय राजनीतिक तथा कार्यक्रमिक प्रतिबद्धता र साझेदारहरूको सहकार्य आवश्यक पर्नेछ जसका लागि विश्व स्वास्थ्य सङ्गठन प्रतिबद्ध छ’, क्षेत्रीय निर्देशकले भन्नुभयो ।

यस क्षेत्रका देशहरूले कोभिड–१९ विरुद्धको खोप विस्तार गर्नका लागि अभूतपूर्व प्रयासहरू गरिरहेका छन् र हालसम्म यस क्षेत्रमा ९१ करोड ५० लाख मात्रा खोप लगाइसकिएको छ । हालैका हप्ताहरूमा भएको थप खोपको उपलब्धताले खोपको विस्तारमा सहयोग पुगेको छ ।

महामारीले दिएको चुनौतीका बावजुद यो क्षेत्रले पोलियो उन्मूलित तथा मातृ तथा शिशु टिटानस मुक्त अवस्थालाई कायम राखिराखेको छ । पाँचवटा देशहरू दादुरा मुक्त भएका छन् भने ती मध्ये दुई देशहरू रुबेला मुक्त पनि हुन सफल भएका छन् । चारवटा देशहरूले खोपको माध्यमबाट हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएको पनि प्रमाणित भएको छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार १७:१६ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...