back
Hero Ad

सिड्स नेपाल धादिङद्वारा शैक्षिक सामाग्री प्रदान

काठमाडौं । चन्द्रज्योती एकिकृत ग्रामिण विकास समाज (सिड्स) नेपाल धादिङले शैक्षिक सामग्री प्रदान गरेको छ । सिड्सले धादिङको थाक्रे गाउँपालिकाका ६१ जनालाई बालबालिकालाई वार्षिक शैक्षिक सामाग्री सहयोग गरेको हो ।

सिड्सद्धारा युनाईटेड मिसन टु नेपाल धादिङको साझेदारीमा सञ्चालित एसभीसी परियोजना मार्फत उक्त सामग्री सहयोग गरिएको हो ।

थाक्रे गाउँपालिकाको ५ वटा वडामा सञ्चालन भएको जोखिममा रहेका बालबालिकालाई सुरक्षा परियोजनाले कार्यक्षेत्रका विद्यालयहरुमा शैक्षिक सामाग्री सहयोग गरेको बताएको छ ।

उक्त परियोजना थाक्रे गाउँपालिका अन्र्तगत वडा नं. २, ४, ५, ६ र ११ मा सञ्चालन रहेको छ । उक्त परियोजनाले बालअधिकार, बालसंरक्षण समुदाय र विद्यालयमा बालबालिकाको संरक्षण वा अधिकार स्थापित गर्नको लागि समुदायमा समुहहरु तथा समुदायमा बाल क्लबहरु गठन, विद्यालयहरुमा बाल क्लब गठन गर्दै आएको छ ।

साथै वडा स्तर र गाउँपालिका स्तरको बालक्लब संजाल विस्तार र बालविवाह, बालश्रम, बालबालिका बेचबिखन, बाल दुब्र्यवहार लगायतका बालबालिका माथि हुने हिंसा लाई न्युनिकरण र शिक्षालाई निरन्तरता गर्नका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार १७:५० मा प्रकाशित

You can share this post!

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने

वि.सं.२०७९ असोज १३ बिहीवार १७:३७

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैंको टीका इच्छुक मन्त्रीदेखि सर्वसाधारणलाई लगाइदिने...

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

आइएमई दसैँ अफर : चौथो हप्ताको नतिजा घोषणा

वि.सं.२०७९ असोज १३ बिहीवार १६:५१

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन, प्रतिकित्ता कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १६:३४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नेपाल ल्युब आयलको मूल्य...

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

सिटिजन बैंकको सेयर मूल्य बढ्यो, प्रतिकित्ता कति पुग्यो ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:४४

काठमाडौं । आज सिटिजन बैंक इन्टरनेशनल लिमिटेडको सेयर मूल्य बढेको...

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

आज यी कम्पनीको भयो सर्वाधिक कारोबार, कुन कम्पनीको कति ?

वि.सं.२०७९ असोज १३ बिहीवार १५:१५

काठमाडौं । बिहीबार सबैभन्दा बढी नेपाल इन्स्योरेन्सको प्रमोटर सेयरको कारोबार...

पराजुली र आचार्यलाई सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार

पराजुली र आचार्यलाई सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कार

वि.सं.२०७९ असोज १३ बिहीवार १४:०७

काठमाडौं । यस वर्षको सिबिफिन–नाफिज बैंकिङ पत्रकारिता पुरस्कारबाट अनलाइनखबर डटकमका...