back
NMB ad

विद्युत प्राधिकरणका कारण हैरान खेप्दै उद्योगी, संगठनले दियो ८ बुँदे सुझाव

Kumari bank ad

विराटनगर । उद्योग संगठन मोरङले उद्योग व्यवसाय क्षेत्रमा नियमित विद्युत आपूर्तिमा भईरहेको समस्याका साथै विद्युतसँग सम्बन्धित अन्य नीतिगत समस्या समाधानका लागि विद्युत प्राधिकरणको ध्यानाकर्षण गराएको छ ।

संगठनका अध्यक्ष सुयश प्याकुरेलले उद्योग प्रतिष्ठानहरुका विद्युतसँग सम्बन्धित समस्या जानकारी गराउँदै विद्युतको अनिमित आपूर्तिले उद्योग प्रतिष्ठानहरुको उत्पादन लागतमा वृद्धि भएको, उत्पादित वस्तुको गुणस्तरमा ह्रास आएको, मिल मेशिनेरीहरुमा बारम्बार समस्या आएर संचालन खर्च वृद्धि हुनुका साथै प्रतिष्पर्धात्मक क्षमता नै हस आएकोले विद्युतसँग सम्बन्धित नीतिगत र कार्यान्वयनतहका लागि ८ बुदे सुझाव दिएको छ ।

जसमा सानो झरी, बर्षा, हावामा समेत संरचना भत्कन गई अत्यधिक पावर कट तथा ट्रिपिङ भईदिनाले मेशिन औजार बिग्रिने, उत्पादन प्रकृया रोकिनुका साथै जेनेरेटरमा भरपर्नुपर्दा उत्पादन लागत बढ्ने भएकाले यसको स्थाई समाधान खोज्नु पर्ने र कटहरी क्षेत्रका उद्योगहरु प्रतिष्ठानहरु विद्युतको संचरनागत सुधारको अभावले बढी प्रताडित भएकाले त्यस क्षेत्रको समस्यालाई यथाशिघ्र समाधान गरिनु पर्ने सुझाव दिएको छ ।

यस्तै कुनै उद्योगले बोइलर प्लान्टबाट उत्पादन गरेको विद्युत उद्योगमा खपत हुन नसकेको अवस्थामा विद्युत प्राधिकरणको प्रशारण लाइनमा पठाई बिक्री गर्ने व्यवस्था लागु हुन नसक्दा वोईलर प्लान्ट संचालनको खर्च वृद्धि हुनुका साथै विद्युत समेत खेर गएको हुदा विद्युत धेरै भएको समय बिक्री गर्न र अपुग हुदाँ खरिद गर्न सक्ने प्रावधान भएतापनि कार्यान्वयनलाई सरल र सहज गरिनु पर्ने सुझाव रहेको छ ।

संगठनले दिएको अर्को सुझावमा विद्युत मिटर रिडिङको क्रममा प्राधिकरणको कर्मचारीबाट बिलिङमा त्रुटि भई छुट भएको युनिटलाई पुनः बिलिङ गर्न पाउने व्यवस्था रहेको र यसरी छुट भएकोे युनिटलाई कहिलेसम्म बिलिङ गर्न पाउने स्पष्ट नहुदा बर्षौ पछि समावेश भई आउदा उपभोक्ता मारमा परेकाले यस्तो छुट भएको युनिटको शुल्क कहिलेसम्म लिन पाइन्छ ? विद्युतको कर्मचारीहरुबाट असावधानीवश भएको त्रुटी उद्योगी-व्यवसायीलाई थोर्पनु न्यायसंगत हुदैन । तसर्थ यस सम्बन्धमा स्पष्ट प्रावधान हुनुपर्छ र सो को समयसिमा निर्धारित गरिनु पर्ने रहेको छ ।

प्रत्येक महिना मिटर रिडिङ भएको ७ दिन भित्र बिलको रकम बैंक मार्फत जम्मा गरि भौचर प्राधिकरणमा पेश गर्नुपर्दछ । बैंकले सो चेक उक्त दिन नै क्लियरिङ नगरेमा वा उक्त दिन शुक्रबार अथवा सार्वजनिक बिदा परी बैंकले क्लियरिङ गरी प्राधिकरणको खातामा रकम जम्मा नगर्दासम्म शुल्क तिरेको नमानी रिवेट नदिने भएकाले बैंकमा भौचर दाखिला गरेको मितिलाई नै उपभोक्ताले भुक्तानी गरेको मिति मान्ने व्यवस्था हुनुपर्ने सुझाव रहेको छ ।

विद्युतको टि.ओ.डी मिटर, अन्तर्गत विद्युत महशुल चार्ज गर्दा पुश, माघ, फागुण र चैत्र महिनामा टि ३ को मुल्यलाई टि २ को सरह नै लिईने गरेको छ । बिगत ५-७ बर्ष अघि चर्को लोडिसेडिङ हुदा गरिएको यस्तो व्यवस्था अब बिजुली बिक्री गर्ने अवस्थासम्म कायमै हुनु न्यायसंगत नदेखिएकाले टि ३ को महशुल वर्षभरी समान हुनुपर्ने सुझावमा उल्लेख छ ।

विद्युतको डिमाण्ड शुल्क लगाउनु पर्ने आधारभूत कारण देखिदैन । लोडसेडिङको स्थितीमा वा भिन्न अवस्थामा भिन्न प्रयोजनका लागी लगाइएको डिमान्ड शुल्कको प्रावधान विद्युत बिक्री गर्ने अवस्थामा आइपुग्दासम्म कायम हुनु दुर्भाग्य हो । यसको लागत विश्लेषण गरी हेर्नु आवश्यक छ । उद्योगी उपभोक्ता मैत्री नभएको यस्तो प्रावधान खारेज गर्नुपर्ने सुझाव रहेको छ ।
विद्युत प्राधिकरणको शाखाहरुमा हरेक पटक पत्र दर्ता गर्न जाँदा ५ रुपैयाँको टिकट टाँसेर ल्याउनु भनिन्छ । आजको जमानामा पनि सेवाग्राहीलाई एउटा पत्र दर्ता गर्दा समेत पैसा असुल्नु कहाँको न्याय नियम हो ? यस्तो व्यवस्था तुरुन्त खारेज गर्नु पर्ने सुझावमा उल्लेख छ ।

संगठनको सुझावमा विद्युत प्राधिकरण एवं अन्य जुनसुकै कार्यालयमा पनि सेवाग्राहिले कुनै निवेदन दर्ता गराउन जाँदा पहिले प्रमुखको तोक नलगाई दर्ता गर्न पाइदैन । सरकारी तथा सार्वजनिक निकायमा कार्यालय समय भित्र आएको निवेदन बिना तोक आदेश सहजरुपमा दर्ता गर्न पाउने व्यवस्था हुनु पर्ने उल्लेख रहेको छ ।

वि.सं.२०७८ भदौ २३ बुधवार १७:५६ मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...