back
NMB ad

करिब १९ लाखमा बन्ने भयो वन्दे फल्चा, २ महिनामा निर्माण सम्पन्न हुने

Kumari bank ad

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा १२ मा वन्दे फल्चा (पाटी) शिलान्यास भएको छ । महानगरका प्रमुख विद्यासुन्दर शाक्य, उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठ र वडाध्यक्ष विकास डंगोलले फल्चा निर्माण हुने ठाउँको भूमिपुजन पनि शिलान्यास भएको छ ।

भ्याटसहित १८ लाख ७५ हजार रुपैयाँमा निर्माण हुने फल्चा आउँदो २ महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । फल्चा २७ फिट ४ इञ्च लम्बाई, ६ फिट ४ इन्च चौडाई र १४ फिट उचाइको हुनेछ ।

महानगर प्रमुख शाक्यले माग भएर आएका विवाद नभएका सबै सम्पदा निर्माण र पुननिर्माणको क्रममा रहेको बताउनुभयो । भूकम्पले जीर्ण भएका र समय समयमा मर्मत गर्नुपर्ने संरचनालाई बचाउन गुठीयार, समुदाय र सरोकारवालासँग समन्वय गरेर लगानी गरिरहेका जानकारी गराउनुभयो ।

पहिले समुदायले बचाएका सम्पदालाई राज्यकोतर्फबाट सहभागिता जनाएको उहाँको भनाई छ । ‘सम्पदाको बचावटका लागि केही गर्नुपर्ने भए निर्धक्क योजना माग लिएर आउनोस्’ उहाँले भन्नुभयो ‘हामी पुननिर्माण तथा मर्मत गरेर संरक्षण तथा उपभोगका लागि समुदायलाई नै जिम्मा लगाउँछौँ ।’

त्यस क्रममा उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले, काठमाडौँको पहिचान नै सम्पदा क्षेत्र भएकोले यसको लगानीमा नडराउने बताउनुभयो । सांस्कृतिक संरचना सामाजिक सद्भावका केन्द्र भएको भन्दै यसको महत्व फल्चा हेर्दा सानो योजना जस्तो लाग्ने तर सांस्कृतिक कोणबाट यसको ठूलो महत्व रहेको उहाँको भनाई छ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार ११:२१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...