काठमाडौं । समृद्धि फाइनान्स कम्पनीले विभिन्न पदमा कर्मचारी माग गरेको छ । एक सूचना निकाल्दै कम्पनीले जोखिम अफिसर प्रमुख, लेखा अधिकृत र एशिसटेन्ट/रिलेशनसिप म्यानेजर पदमा कर्मचारी माग गरेको हो ।
कम्पनीले काठमाडौंका लागि जोखिम अफिसर १ जना, लेखा अधिकृत १ जना र काठमाडौं, हेटौँडा, पोखारा, बुटवल र चितवनका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
उक्त पदका लागि इच्छुक योग्य उम्मेदवारहरुले तोकिएको समयमा आवश्यक कागजातसहित आवेदन दिन सक्नेछन् । आवेदन भदौ ३० गतेसम्म दिन सकिने कम्पीले जनाएको छ ।
विस्तृतका लागि हेर्नुहोस्, सूचना:
वि.सं.२०७८ भदौ २४ बिहीवार १२:०९ मा प्रकाशित