काठमाडौं । मेगा बैक नेपाल लिमिटेडले प्रबद्र्घन गरेको मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना“मेगाम्युचुअल फण्ड–१ का इकाई बाँडफाँड गरिएको छ ।
धितोपत्र बाँडफाँड सम्बन्धी निर्देशिका, २०७४ को निर्देशन ३० बमोजिम बाँडफाँड तालिका अनुसार रितपूर्वक प्राप्त आवेदनमध्ये १०० इकाई देखि ३ लाख ५० हजार इकाईसम्म माग गर्ने १ लाख ५५ हजार ८६४ जनालाई माग बमोजिम बाँडफाँड गरिएको हो ।
यस्तै, ५ लाख देखि १ करोड इकाईसम्म आवेदन गर्ने ३४ जनालाई ४ लाख ३६ हजार ३३० इकाई बाँडफाँड गर्नुका साथै बाँकि रहेको २९० इकाई ३४ जनामध्ये २९ जना आवेदकहरुलाई गोलाप्रथा मार्फत थप १० इकाई बाँडफाँड गरिएको छ ।
वि.सं.२०७८ भदौ २४ बिहीवार १२:२६ मा प्रकाशित