back
NMB ad

प्रतिस्थापन विद्येयक ल्याउनु पूर्व साढे ३ % बजेट खर्च : के थपिन्छ, के हट्छ ?

Kumari bank ad

काठमाडौं । सरकारले प्रतिस्थापन विद्येयक ल्याउनु भन्दा पहिला नै ३.५१ प्रतिशत बजेट खर्च भएको छ । केपी ओली नेतृत्वको सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई वर्तमान सरकारले प्रतिस्थापन विद्येयकमार्फत संशोधन गर्ने तयारीमा जुटेको छ । यो अवधिसम्म चालु आर्थिक वर्ष २०७८-०७९ को बजेट ३.५१ प्रतिशत खर्च भइसकेको छ ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार ५७ अर्ब ८५ करोड १६ लाख रुपैयाँ खर्च भएको छ । अघिल्लो सरकारले अध्यादेश मार्फत चालु आर्थिक वर्षको लागि १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ बजेट ल्याएको छ । विनियोजन बजेटमा बुधबारसम्म चालु तर्फ ४० अर्ब ८४ करोड ५७ लाख अर्थात ४.०७ प्रतिशत बजेट खर्च भएको छ ।

चालु आवको लागि सरकारले चालु तर्फ १० खर्ब ४ अर्ब ३५ करोड ८८ लाख रुपैयाँ विनियोजन गरेको छ । यस्तै पुँजिगत तर्फ मात्र २ अर्ब २७ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ । सरकारले चालु आवको लागि ४ खर्ब ३५ अर्ब २४ करोड ३ लाख रुपैयाँ विनियोजन गरेको छ । यो अवधिमा पुँजीगत खर्च ०.५२ प्रतिशत मात्रै रहेको छ । यस्तै वित्तीय तर्फ १४ अर्ब ७३ करोड २३ लाख अर्थात ७.०८ प्रतिशत बजेट खर्च भएको छ । सरकारले चालु आवको लागि २ खर्ब ७ अर्ब ९७ करोड ७६ लाख रुपैयाँ विनियोजन भएको छ ।

कार्यालयका अनुसार बुधबारसम्म लक्ष्यको १२.५६ प्रतिशत राजस्व संकलन भएको छ । चालु आवमा सरकारले ११ खर्ब ५१ अर्ब ६० करोड ४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । जसमा अहिलेसम्म १ खर्ब ४४ अर्ब ६२ करोड ५१ लाख रुपैयाँ संकलन भएको छ । यता १० खर्ब ३८ अर्ब १९ करोड ३८ लाख रुपैयाँ कर राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म १२.७१ प्रतिशत संकलन भएको छ । गैर कर राजस्वतर्फ १ खर्ब १३ अर्ब ४० करोड ६६ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य रहेकोमा अहिलेसम्म १६.१६ संकलन भइसकेको छ ।

अघिल्लो सरकारले अध्यादेश मार्फत ल्याएको बजेटलाई यो सरकारले प्रतिस्थापन विधेयकमार्फत संशोधन गर्ने तयारीमा जुटेको छ । सरकारले प्रतिस्थापन विधेयक ल्याउनै लाग्दा अहिलेसम्म ३.५१ प्रतिशत बजेट खर्च भइसकेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार (आज) देखि लागू हुने गरी शनिबारसम्मको लागि तलब, भत्ता, निवृत्तभरण बाहेकका शिर्षकमा बजेट निकासा नगर्न मातहतका कार्यालयलाई निर्देशन पनि दिइसकेको छ । सरकारले प्रतिस्थापन विधेयक मार्फत अघिल्लो सरकारले ल्याएको पपुलर कार्यक्रम हटाउने तयारीमा जुटेको छ ।

अर्थ मन्त्रालय स्रोतका अनुसार सरकारले स्रोत सुनिश्चित नभएका, तत्कालका लागि अनुत्पादक क्षेत्रमा विनियोजन गरेको बजेट, सम्झौता नभएका कार्यक्रम हटाउने तयारी गरेको छ । एक अधिकारीका अनुसार अघिल्लो सरकारले कार्यकर्ता रिजाउने र निर्वाचन मुखी, र १ खर्ब भन्दा बढी स्रोत सुनिश्चिता नभएका कार्यक्रम ल्याएको भन्दै त्यो हटाउने सरकारको तयारी रहेको छ ।

अर्थ मन्त्री जनार्दन शर्माले स्वेतपत्र ल्याउनु अघि नै अघिल्लो सरकारले ल्याएको बजेटबाट उक्त कार्यक्रम हटाउने गृहकार्यमा लाग्नु भएको मन्त्रालय स्रोतको दाबी छ । यस विषयमा स्वेतपत्रमा केही कुरा उल्लेख हुने अपेक्षा रहेको भएपनि उक्त कुरा प्रतिस्थापन विधेयक मार्फत ल्याउँदा जनताको विश्साव लिन सकिने भन्दै अहिले यसमा मन्त्रालयले काम गरिरहेको छ ।

मन्त्रालयका एक अधिकारीका अनुसार प्रतिस्थापन विद्येयकमा कोरोना पीडित क्षेत्रलाई राहत बढाउने, कोरोना विरुद्धको खोप, गरिबी न्यूनिकरणमा काम गर्नको लागि बढी स्रोत व्यवस्थापन गर्ने गरी काम भएको बताउनुभयो । स्रोतका अनुसार मन्त्रालयले प्राथमिकतामा परेका आयोजना, राष्ट्रिय गौरवका आयोजनालाई भने नछुने देखिएको छ । उक्त विद्येयक शुक्रबार बस्ने प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनादर्न शर्माले टेबुल गर्ने कार्यतालिका रहेको छ ।

वि.सं.२०७८ भदौ २४ बिहीवार १६:४३ मा प्रकाशित

You can share this post!

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

इरानको आक्रमणको ‘जवाफ’ दिने इजरायलको प्रतिबद्धतापछि मध्यपूर्व तनावग्रस्त   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:४१

जेरुसेलम, ४ वैशाख : इरानलेइजरायलमाथि गरेको पहिलो प्रत्यक्ष आक्रमणले मध्यपूर्वमा...

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

निजी क्षेत्रसँगको सहकार्यबाट अर्थतन्त्र गतिशील हुन्छ : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ४ मंगलवार २०:३७

काठमाडौँ, ४ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रसँगको...

भोली देशभर सार्वजनिक विदा

भोली देशभर सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:३५

काठमाडौं । भोली बैशाख ५ गते देशभर सार्वजनिक बिदा हुने...

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

रुपन्देहीको सिद्धार्थनगरमा माछापुच्छ्रे बैंकको नवनिर्मित बैंकको कार्यालय भवन उद्घाटन

वि.सं.२०८१ वैशाख ४ मंगलवार १७:०६

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्ला, सिद्धार्थनगर नगरपालिका वडा नं....

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

सेयरधनीलाई नेपाल बैंकले गर्यो यस्तो आग्रह

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:५२

काठमाडौं । नेपाल बैंकले पुरानो लाभांश बुझिदिन सेयरधनीसँग आग्रह गरेको...

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै चीनको अर्थतन्त्र पहिलो त्रैमासिकमा ५.३ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १६:३७

चीनको अर्थतन्त्र वर्षको पहिलो तीन महिनामा अपेक्षाभन्दा द्रुत गतिमा विस्तार...