
काठमाडौं । तेह्रथुम पावर कम्पनीको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको आइपीओ गोलाप्रथा मार्फत बाँडफाँट भएको हो ।
बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार ७४ हजार ४०० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएका छन् । आइपीओमा २३ लाख ५५ हजार ४४७ जनाले आवेदन दिएकोमा ८ हजार ८२० जनाको आवेदन रद्द हुँदा २३ लाख ४६ हजार ६२७ जना योग्य ठहरिएका थिए ।
कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म ८ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमा ४० हजार कित्ता म्युचुअल फन्डलाई र १६ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार १०:३४ मा प्रकाशित