काठमाडौं । नेपाल बैंकको सम्पूर्ण बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । एक सूचना निकाल्दै बैंकको प्रधान कार्यालयले भदौ २५ गते राति १२ बजेदेखि २६ गते दिउँसो ३ बजेसम्म सेवा अवरुद्ध हुने भएको हो ।
उक्त अवधिमा बैंकका मोबाइल बैंकिङ, कोर बैंकिङ, एटीएम, इन्टरनेट बैंक, रेमिट लगायतका सबै सेवा अवरुद्ध हुने बैंकले जनाएको छ ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार १२:०२ मा प्रकाशित