
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा माछापुच्छ्रे बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको २२ लाख ५३ हजार ४९६ कित्ता ऋण नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ मार्फत उक्त ऋणपत्र सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
आइतबारदेखि उक्त ऋणपत्र नेप्सेमा दोस्रो बजारका लागि ८.५०प्रतिशत माछापुच्छ्रे डिबेन्चर २०८७ को कारोबार सुरु हुनेछ ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार १३:२१ मा प्रकाशित