back
Mega Long Ad

छुटला है ५ लाख ५१ हजार कित्ता सेयर: ५ हजार कित्तासम्म भर्न पाइने, कहिले छ अन्तिम मिति ?

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपालको स्वामित्वमा रहेको दुई बैंक र एक फाइनान्स कम्पनीको लिलामी सेयरमा आवेदन दिने आइतबार अन्तिम मौका रहेको छ ।

कम्पनीको आफ्नो स्वामित्वमा रहेको सेञ्चुरी कमर्सियल बैंकको २ लाख ५ हजार ५१३ कित्ता, मञ्जुश्री फाइनान्सको ९५ हजार ९५५ कित्ता र कामना सेवा विकास बैंकको २ लाख ५० हजार ४६६ कित्ता संस्थापक सेयर लिलामीमा बिक्री गर्न लागेको हो ।

यी तीनै वटा कम्पनीको न्युनतम सेयर मूल्य क्रमशः १५०, ३५० र २५० रुपैयाँ तोकिएको छ । उक्त सेयर खरिद गर्न इच्छुक योग्य विद्यमान संस्थापक वा अन्य व्यक्ति, कम्पनी, संघ/संस्थाहरुले आवेदन दिन सक्नेछन् । आवेदन भदौ २७ गते कार्यालय समयभित्र दिनुपर्ने कम्पनीले जनाएको छ ।

उक्त सेयरि खरिदका लागि बोलकबोल गर्दा न्युनतम तोकिएको मूल्य भन्दा बढी अंकित गरि न्युनतम ५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिने छ ।

कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १४:२२ मा प्रकाशित

You can share this post!

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

विदेशी नागरिकलाई शर्तसहित अनअराइभल भिसा दिने

वि.सं.२०७८ असोज ७ बिहीवार १८:१३

काठमाडौं । सरकारले कोरोना विरुद्धको खोपको मात्रा पुरा गरेको विदेशी...

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

भदौ १५ सम्मको नाफाबाट लाभांश घोषणा गर्न सक्ने, लाभांश दिन १३ शर्त (शर्तसहित)

वि.सं.२०७८ असोज ७ बिहीवार १७:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरुले आर्थिक वर्ष २०७७-०७८...

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

साढे २ लाख रुपैयाँ कम मूल्यमा डिएफएसके गाडी किन्ने मौका, एक्सचेञ्जमा ५० हजार बोनस !

वि.सं.२०७८ असोज ७ बिहीवार १७:१२

काठमाडौं । डीएफएसके नेपालले दशैं तिहार धमाका अफर ल्याएको छ...

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

१ लाख ११ हजार ऋणीले पाए ११८ अर्ब ४९ करोड सहुलियतपूर्ण पुनरकर्जा

वि.सं.२०७८ असोज ७ बिहीवार १७:०१

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा १ लाख...

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

चालु खाता करिब ४८ अर्ब र शोधनान्तर स्थिति ३८ अर्ब घाटामा

वि.सं.२०७८ असोज ७ बिहीवार १६:५५

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो महिनामा समीक्षा...

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

एक महिनामा संघीय सरकारको खर्च साढे १० अर्ब, ९३ अर्ब बढी राजश्व परिचालन

वि.सं.२०७८ असोज ७ बिहीवार १६:२७

काठमाडौं । चालु आर्थिक वर्षको साउन मसान्तसम्म संघीय सरकारले साढे...