back
Mega Long Ad

अर्थमन्त्रीलाई सांसद सुवालको प्रश्नः कसको स्वार्थमा गभर्नरलाई फोन गरेर सेयर बजार बढाएको ?

काठमाडौं । सांसद प्रेम सुवालले अर्थमन्त्री जनार्दन शर्मालाई कसको स्वार्थमा लागेर गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर सेयरको मूल्य बढाउन लगाएको भन्दै प्रश्न गर्नु भएको छ ।

प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उहाँले यस्तो प्रश्न गर्नु भएको हो । मन्त्री शर्माले कहिले ३७ लाख कारोबारीमा १०० जनाले मात्रै नाफा कमाउने भन्दै हिडने भनेर बोल्नु भयो । फेरी ३७ लाख लगानीकर्तालाई असर पर्ने गरी गभर्नरलाई फोन सेयर सेयर मूल्य किन बढाउनु भयो ? भन्दै प्रश्न गर्नु भएको छ ।

‘कसको स्वार्थको लागि फोन गर्नु भयो । सिटामोल नपाएका मजदुरले किनेको सेयर होर फोन गर्नु भएको ?’ भन्दै थप प्रश्न गर्नु भएको छ । उहाँले आर्थिक घोटाला भएको विषयमा सरकारले जानकारी गराउनै पर्ने बताउनुभयो ।

जवाफमा अर्थमन्त्री शर्माले गभर्नरलाई मूल्य बढाउन वा घटाउन फोन नगरेको जानकारी गराउनु भयो । उहाँले आन्तरिक रुपमा धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओले गरेको घोटालाको विषयमा मन्त्रिपरिषदले निर्णय गरेर उच्च अदालतको न्यायाधिशको संयोजकत्वमा छानविन भइरहेको बनाउनु भयो ।

वि.सं.२०७८ भदौ २५ शुक्रवार १४:२३ मा प्रकाशित

You can share this post!


ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ३० लाख कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:५८

काडमाडौं । ग्लोबल आइएमई बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत...

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

बिकास हाइड्रोपावरले १३ लाख ८८ हजार कित्ता आइपीओ निष्काशन गर्ने

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:४७

काठमाडौं । बिकास हाइड्रोपावरको सेयर निष्काशनका लागि प्रभु क्यापिटल निष्काशन...

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

लक्षित समुदायलाई सहुयितपुर्ण कर्जा प्रदानका लागि ग्लोबल आइएमई बैंक र निड्सबीच सम्झौता

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:३६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल विकास अध्ययन...

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

‘एमएसएमई, स्टार्ट अपलाई परियोजनाको मूल्याङकनको ६० % कर्जा उपलब्ध गराउन सकिन्छ’

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित...

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

लाभांश वितरण र हकप्रद सेयर जारी गर्न अरुण भ्यालीले डाक्यो साधारणसभा, बुक क्लोज कहिले ?

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:२०

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले वार्षिक साधारणसभाका लागि...

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

काठमाडौं किङ्गस् इलाभेनका मुख्य प्रायोजकको रुपमा शिवम् सिमेन्ट

वि.सं.२०७८ भदौ ३१ बिहीवार १८:०६

काठमाडौं । बजाज पल्सर एभरेष्ट प्रिमियर लिग क्रिकेट अन्तर्गत काठमाडौं...