
काठमाडौं । रुरु जलविद्युत परियोजनाले वार्षिक साधारणसभाका लागि मिति तय गरेको छ । परियोजनाले संयुक्त वार्षिक साधारणसभा असोज १६ गते गर्ने भएको हो ।
सभाले आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ को लाभांश पारित गर्नेछ । परियोजना आव २०७६/७७ अवधिको मुनाफा(लाभांश आम्दानीको हिस्सा) बाट चुक्तापुँजीको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
आव २०७७/७८ को मुनाफाबाट चुक्तापुँजीको १० प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ । सार्थै उक्त बोनस सेयर कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने छ ।
साधारणसभा प्रयोजनका लागि परियोजनाले असोज ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ ।
वि.सं.२०७८ भदौ २५ शुक्रवार १५:३४ मा प्रकाशित