back
Mega Long Ad

बर्खाको ६ महिना विद्युत बिहार पठाउने, हिउँदमा ल्याउने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले बर्खामा नेपालमा खपत गरी बढी रहेको विद्युत् निर्यात गर्न र हिउँदमा नपुग्ने विद्युत आयात गर्न भारतको बिहार राज्यसँग पारस्परिक मौसमी विद्युत आदान-प्रदानको प्रस्ताव गरेको छ ।

प्राधिकरणले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र अन्य निजी क्षेत्रका जलविद्युत आयोजनाहरुबाट बर्खामा उत्पादित विद्युत देशभित्र खपत गर्न नसकी खेर जाने अवस्था आएपछि बिहार स्टेट पावर होल्डिङ कम्पनीसँग पारस्परिक मौसमी विद्युत आदान–प्रदानको प्रस्ताव गरेको हो । नेपाल र भारतबीच सन् १९७१ देखि विद्युत् आदान–प्रदान हुँदै आएको छ ।

बर्खाका ६ महिना नेपालबाट विद्युत बिहार पठाउने र हिउँदका ६ महिना उताबाट ल्याउने गरी पारस्परिक विद्युत आदान–प्रदानको प्रस्ताव गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो । ‘बर्खाका महिनामा २४ सै घण्टा २ सय मेगावाट एवं राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् दिन सकिने र हिउँदमा उताबाट ल्याउने प्रस्ताव गरिएको छ, बर्खामा यताबाट पठाएको र हिउँदमा उताबाट ल्याएको परिमाणबीच फरक परेमा उपयुक्त विधिमार्फत विद्युत्को मूल्य तय गरिने छ’घिसिङले भन्नुभयो ।

‘यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन सकिएमा बर्खामा हाम्रोमा बढी भएको विद्युत् भारत पठाउन सकिन्छ भने अझै केहीवर्ष हामीलाई हिउँदमा अपुग भारतबाट ल्याउन सकिन्छ,यदि पारस्पारिक विद्युत आदान प्रदानको यो मोडेल कार्यान्वयनमा ल्याउन सकिएमा दुई मुलुकबीच विद्युत कारोबारको कोशेढुंगा हुने छ, यसमा भारतीय पक्षको जवाफ सकारात्मक पाएका छौं, केही दिनभित्रमा यस बारेमा ठोस निर्णय आउने विश्वास छ ।’

घिसिङका अनुसार यस वर्षको बाँकी ३ महिनामा नेपालमा खपत गरेर बढी हुने करिब ७० करोड युनिट र अर्को वर्ष ३ अर्ब ७९ करोड युनिट ऊर्जा बिहारलाई दिन सकिने छ । हिउँदयाममा त्यति नै बराबरको विद्युत आयात गर्न सकिन्छ । यसले गर्दा वर्खामा खेर जाने विद्युतको उच्चतम् प्रयोग हुनेछ ।

अहिले बिहारसँग जोडिएका ३३ र १३२ केभीका प्रसारण लाइन पूर्वाधारबाट ३७१ मेगावाटसम्म विद्युत आदान प्रदान गर्न सकिन्छ । प्राधिकरणले कटैया, रक्सौल, ढल्केबर–मुजफ्फरपुर, रामनगर विन्दुबाट २४ सैं घण्टा विद्युत् नर्थ बिहार पावर डिष्ट्रिब्यूसन कम्पनीलाई उपलब्ध गराउन सकिने जानकारी गराएको छ । साथै, राति ११ बजेबाट बिहान ६ बजेसम्म थप विद्युत् उपलब्ध गराउन सकिने छ । यसबाट सञ्चालमा रहेका दुई मुलुकबीच जोड्ने प्रसारण पूर्वाधारको समेत उपभोग हुनेछ ।

बर्खामा उत्पादित विद्युत् आन्तरिक रुपमा खपत गर्न नसकी खेर जाने अवस्था आई प्राधिकरणको वित्तीय अवस्थामा प्रतिकूल प्रभाव पर्ने देखिएपछि ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री पम्फा भुसालले विद्युत् बिक्रीका विषयमा छलफल गर्न प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको नेतृत्वमा टोलीलाई भारत पठाउनु भएकोथियो ।

टोलीले बिहार स्टेट पावर होल्डिङका अध्यक्ष तथा प्रबन्ध-निर्देशक सन्जीव हान्सलाई भारतको पटनामा भेटी विद्युत आदान-प्रदानका विषयमा छलफल एवम् प्रस्ताव पेश गरेको थियो । साथै, विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरिएका आयोजनाको संख्या तथा अवस्था, जडित क्षमता, विद्युत् माग तथा आपूर्तिको अवस्था,दुई मुलुकबीचको विद्युत् व्यापारका सम्भावना, भारतसँग जोडिएका प्रसारण पूर्वाधारको अवस्थालगायतका विषयमा भारतीय अधिकारीहरुसँग विस्तृत छलफल गरेको थियो ।

प्राधिकरणले अहिलेसम्म ३ सय ४६ आयोजनाहरुसँग ६ हजार १ सय ७६ मेगावाटको पिपिए गरेको छ । यसमध्ये १ सय ११ आयोजनाहरु निर्माण सम्पन्न भई सञ्चालनमा छन् । आयोजनाहरुको जडित क्षमता १ हजार ३ सय मेगावाट छ । ३ हजार ३४ मेगावाट जडित क्षमता भएका १ सय ३६ आयोजनाहरु वित्तीय व्यवस्वस्थापन गरी निर्माणाधीन छन् । १ हजार ८ सय ४१ मेगावाट जडित क्षमताका ९९ आयोजनाहरु वित्तीय व्यवस्थापन गर्ने प्रक्रियामा रहेका छन् ।

भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा नेपालको विद्युत बिक्री गर्न सहमतिको लागि केन्द्रीय ऊर्जा मन्त्रालयका पदाधिकारीहरु, केन्द्रीय विद्युत प्राधिकरणका पदाधिकारीहरु एवम् नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय, एनटिपिसी विद्युत व्यापार निगम र पावर टेडिङ कर्पोरेसन (पिटिसी) का पदाधिकारीहरुसँग विस्तृत छलफल गरिएको थियो । घिसिङले भन्नुभयो, ‘यसको नतिजा केही दिनमा आउन सक्छ ।’

वि.सं.२०७८ भदौ २७ आइतवार १२:३० मा प्रकाशित

You can share this post!

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

बुर्जुवा सरकारले किसानलाई दरिद्रता तर्फ धकेलेको छ : नेता बादल

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:४९

चितवन । नेकपा स्थायी कमिटी सदस्य रामबदादुर थापा ' बादल'ले...

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

पूर्वाधार, कृषि, गरिबी निवारणपछि ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्दै विश्व बैंक

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२९

काठमाडौं । यसअघि नेपालको सडक पूर्वाधार, कृषि विकास, शैक्षिक उन्नती...

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

माछापुच्छ्रे बैंकको वार्षिकोत्सव विशेष अफर: २१ % क्यास ब्याक र उपहार जित्ने मौका

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:२६

काठमाडौं । माछापुच्छ्रे बैंकले २१ औँ वार्षिकोत्सवको अवसरमा ग्राहकहरुलाई २१...

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

कामना सेवा विकास बैंकद्वारा ‘केएस डिजी’ डिजिटल वालेट संचालन, यस्ता छन् सुविधाहरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १६:०१

काठमाडौं । कामना सेवा विकास बैंकले छिटो कनेक्ट र मनम...

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

९.५१ मेगावाट क्षमताको माई बेनी जलविद्युत आयोजनाद्वारा व्यवसायिक उत्पादन सुरु

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:४२

काठमाडौं । माई बेनी जलविद्युत आयोजनाले व्यवसायिक उत्पादन सुरु गरेको...

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

चाडपर्वमा गाडी बेच्न कम्पनीको अफरै अफर, कुन बैंकबाट सवारी कर्जा लिँदा कति पर्छ ब्याज ? (विवरणसहित)

वि.सं.२०७८ असोज ८ शुक्रवार १५:२७

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरुको महान चाड दशैं, तिहार तथा...