back

‘युवासंग महालक्ष्मी लाईफ’ अभियान संचालन गर्दै महालक्ष्मी लाईफ इन्स्योरेन्स

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘युवासंग महालक्ष्मी लाईफ’ अभियान कार्यक्रम संचालन गर्ने भएको छ ।

कम्पनीले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम संचालन गर्ने भएको हो । असोज महिनाबाट देश व्यापी बीमा जागरण कार्यक्रम संचालन गर्न लागेको कम्पनीले जनाएको छ ।

दुई वर्षे अभियानमा आर्थिक वर्ष २०७८/७९ भित्र २५ वटा जिल्ला र आर्थिक वर्ष २०७९÷८० मा बाँकी जिल्लामा कार्यक्रम संचालन गरिनेछ ।

उक्त कार्यक्रम अन्तर्गत १६ वर्ष माथिका प्लस टु अध्यन गर्ने विद्यालय र कलेजका युवाहरुलाई लक्षित गरी रोजगारका विभिन्न क्षेत्रहरुको जानकारीको साथै बीमाको बारेमा तालिम प्रदान गरिने कम्पनीले बताएको छ ।

‘काम गरि आय आर्जन गर – बीमा गरी सुरक्षित बन’ भन्ने मुल विषय वस्तुमा कम्पनीका वरिष्ठ अधिकृत, अनुभवि र सफल अभिकर्ता तथा विज्ञ व्यक्तिहरुले प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

प्रमुख कार्यकारी अधिकृतको संयोजकत्वमा देश भरिका कम्पनीका बरिष्ठ अधिकृत तथा अगुवा अभिकर्ता सम्मिलित बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समिति गठन गर्ने र जिल्ला जिल्लामा प्रभावकारी रुपमा बीमा जागरण कार्यक्रम संचालन गर्न कम्पनीको जिल्ला स्थित वरिष्ठ अधिकृतको संयोजकत्वमा जिल्ला समिति गठन गरिनेछ ।

प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनका अधिकृतहरुले कार्यक्रमको निर्धारण, संचालन र अनुगमन गर्नेछन ।

असोज पहिलो हप्ता धुलिखेलमा आयोजना हुने अभिकर्ता र अधिकृतहरुको भेलाले बीमा जागरण राष्ट्रिय अभियान केन्द्रिय समितिको गठन र नामावलीको घोषणा गर्ने कार्यक्रम रहेको छ ।

वि.सं.२०७८ भदौ २७ आइतवार १३:२२ मा प्रकाशित

You can share this post!

ADBL
नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध   

नागरिकता विधेयक प्रमाणीकरणबारे प्रतिपक्षद्वारा संसद्मा विरोध   

वि.सं.२०८० जेठ २१ आइतवार १३:५४

काठमाडौँ, २१ जेठ। नागरिकता विधेयक प्रमाणीकरणसम्बन्धी विषय उठाएर प्रमुख प्रतिपक्ष...

कारोबार खुलेको पहिलो दिनमै आइजीआई प्रुडेन्सियलको सेयरमा सर्किट

कारोबार खुलेको पहिलो दिनमै आइजीआई प्रुडेन्सियलको सेयरमा सर्किट

वि.सं.२०८० जेठ २१ आइतवार १३:४१

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको...

मौरीपालनमा सफल रामकुमारी   

मौरीपालनमा सफल रामकुमारी   

वि.सं.२०८० जेठ २१ आइतवार १३:२१

डडुवा (म्याग्दी), २१ जेठ । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी रामकुमारी...

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

नारायणीमा क्रुजसीप सञ्चालनपछि बढे पर्यटक   

वि.सं.२०८० जेठ २१ आइतवार १३:१५

नवलपुर, २१ जेठ ।  मध्य नेपालकै प्रमुख नदी नारायणीमा सञ्चालनमा आएको...

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

सिद्धार्थ बैंकमा जागिरको अबसर, कसरी दिने आवेदन ?

वि.सं.२०८० जेठ २१ आइतवार १३:०४

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले विभिन्न पदहरुमा कर्मचारी माग गरेको...

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

नक्कली भुटानी शरणार्थी प्रकरणमा आजदेखि थुनछेक बहस सुरु   

वि.सं.२०८० जेठ २१ आइतवार १२:५४

काठमाडौँ, २१ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपीमाथिको थुनछेक...