back
NMB ad

कर्णाली प्रदेशमा धान, मकै, कोदोको उत्पादन बढ्यो, तरकारीको घट्यो

कुल कर्जामध्ये कृषिमा ७.७४ प्रतिशत ऋण लगानी

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ ।

राष्ट्र बैंकले प्रथम अर्ध–बार्षिक प्रतिवेदन २०७७-०७८ मा खाद्य तथा अन्य बालीले ढाकेको भू–क्षेत्र २.६९ प्रतिशतले बढेको छ भने यस्ता बालीको उत्पादन ६.५२ प्रतिशतले बढेको छ ।

प्रमुख खाद्यान्न बालीमध्ये धानको उत्पादन ३.८१ प्रतिशत, मकै उत्पादन १७.४५ प्रतिशत र कोदो उत्पादन १७.७५ प्रतिशतले बढेको छ । त्यसैगरी, तरकारी उत्पादन ३.२६ प्रतिशतले घटेको छ । पशुजन्य उत्पादन अन्तर्गत अण्डा २.२३ प्रतिशत, मासु २९.६८ प्रतिशत र माछा उत्पादन १५.३७ प्रतिशतले बढेको छ भने दूधजन्य उत्पादन ०.६९ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले उक्त प्रदेशमा प्रवाह गरेको कुल कर्जामध्ये ७.७४ प्रतिशत कर्जा कृषि क्षेत्रमा प्रवाह भएको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरुले यस प्रदेशमा प्रवाह गरेको कुल कर्जामध्ये १५.७० प्रतिशत कर्जा औद्योगिक क्षेत्रमा प्रवाह भएको छ ।

कर्णाली प्रदेशमा पर्यटक आगमनको संख्या ९४.४६ प्रतिशतले घटेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा यस प्रदेशमा पर्यटकस्तरीय होटल तथा लज संख्या ६.४३ प्रतिशतले घटेको छ भने शैया संख्या १२.७३ प्रतिशतले बढेको छ ।

यस्तै घरजग्गा रजिष्ट्रेशन संख्या ५७.२२ प्रतिशत र घरजग्गा रजिष्ट्रेशन राजस्व १६२.६३ प्रतिशतले बढेको छ । यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ३७.३७ प्रतिशत र कुल कर्जा प्रवाह २१.३९ प्रतिशतले वृद्धि भएको छ । साथै, बैंक तथा वित्तीय संस्थाहरुको औसत कर्जा–निक्षेप अनुपात ९८.२० प्रतिशत रहेको छ । यो अवधिमा यातायात साधन संख्यामा २.८३ प्रतिशतले कमी आएको छ ।

प्रतिवेदनमा उल्लेख भए अनुसार सरकारी-सामुदायिक विद्यालयको संख्या ०.९१ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा सरकारी-सामुदायिक अस्पतालमा कार्यरत चिकित्सकको संख्या २९.७३ प्रतिशतले बढेको छ ।

वि.सं.२०७८ भदौ २७ आइतवार १४:०१ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...