काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । आइतबार कम्पनीको सेयर मूल्य आज ५.१५ प्रतिशते वृद्धि भएको हो ।
साताको अन्तिम कारोबार दिन कम्पनीको सेयर मूल्य ३६ रुपैयाँले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्य ७३६ रुपैयाँ कायम भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)का अनुसार आज कम्पनीको २ करोड ३लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कम्पनीको २८ हजार ५६० कित्ता सेयर खरिदबिक्री भएको हो ।
वि.सं.२०७८ भदौ २७ आइतवार १६:२९ मा प्रकाशित