back
NMB ad

जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाको काम शुरु

अन्य स्थानीय तह तथा संघ संस्थाहरुसँग सम्झौता गर्दै काम अगाडि बढाइने

Kumari bank ad

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले शुरु गरेको जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) अन्तर्गत आइतबारबाट काठमाडौंका विभिन्न स्थानकमा एकैसाथ काम शुरु भएको छ ।

परियोजनाले टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)सँगको सहकार्यमा नारायणहिटी दरबार संग्रहालयमा सयजना, चन्द्रागिरीको मातातिर्थमा सयजना र सहित स्मारक प्रकृती प्रतिष्ठान थानकोटमा ६० जना पर्यटन मजदुरहरुलाई काममा लगाइएको छ ।

यस्तै होटल एशोसिएशन नेपाल (हान)सँगको ४० जना बढिले काम शुरु गरेको छ । जसअनुसार आइतवारमात्र करिब तीन सय बढि पर्यटन क्षेत्रका श्रमिक तथा मजदूर काममा जोडिएका छन् ।

यस्तै परियोजना अन्र्तगत काठमाण्डौं कै किर्तीपूर र काठमाण्डौं बाहिरका पर्वतको जलजला,सखुवासभाको चिचिलामा गरी करिव २ सय ५० जना श्रमिकहरु काममा आवद्ध भएको परियोजनाले जानकारी दिएको छ ।

परियोजनाले पर्यटनका विभिन्न छाता संस्थाहरूका साथै काठमाण्डौको किर्तीपुर, भक्तपुरको चाँगुनारायण, मकवानपरको थाहा, चितवनको रत्ननगर नगरपालिकासँगै ताप्लेजुङ , सोलुखुम्बुका, संखुवासभा, मुस्ताङ, पर्वत र ओखरढुङगा एक एक गरी १० ओटा स्थानीय तहसँग सम्झौता गरी जिविको पार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना शुरु गरिसकेको छ ।

दुई वर्ष ६ महिना अवधिको परियोजनाका लागि पर्यटन बोर्डले १० लाख डलर तथा युएनडिपीका तर्फबाट १० लाख ५० हजार सहलगानी गरी कूल २० लाख ५० हजार अमेरिकी डलर बराबरको रकम खर्च गरिनेछ ।

विशेषगरी पर्यटन क्षेत्रका करिब ५ हजार मजदूरलाई अल्पकालीन रोजगारी सिर्जना गरि राहत पु¥याईने परियोजनाको लक्ष्य छ ।

यस्तै बोर्डले देशभरका स्थानीय तहसँग पनि साझेदारी गरी थप दुई हजारभन्दा बढीलाई रोजगारी दिइने लक्ष्य लिएको छ ।

परियोजनाले विशेषगरी पदमार्ग, जलयात्रा (राफ्टिङ्ग) गरिने नदी,टे«किङ्ग टे«ल,हिमाल आरोहण क्षेत्र तथा अन्य पर्यटकीय सम्पदाहरूमा क्षेत्र निर्धारण गरी पर्यटन मजदुरलाई अल्पकालीन रोजगारी दिइने बोर्डका सूचना अधिकारी तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिनुभयो ।

चन्दागिरीमा आयोजित कार्यक्रममा चन्दागिरी नगरपालिकाका मेयर घनश्याम गिरी, टे«किङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदी, बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछाने लगायतले काम शुभारम्भ गराउनु भएको थियो ।

कार्यक्रमा मेयर गिरीले उक्त कार्यक्रमले पर्यटकीय सम्पदाहरुको संरक्षण सम्वद्र्धन सहयोग पुग्ने बताउनु भयो । यस्तै टानका अध्यक्ष सुवेदीले महामारीले पर्यटन क्षेत्रमा ठूलो रोजगारी गुमेको अवस्थामा यस परियोजनाले पर्यटन मजदुरका लागि थोरै भएपनि राहत प्रदान गर्ने बताउँदै टानले यसको व्यवहारिक कार्यान्वयनमा जोड दिएको बताउनु भयो ।

यस्तै नारायणहिटी परिषरमा मजदुरसँग काम हस्तान्तरण कार्यक्रममा संग्रहालयका कार्यकारी निर्देशक भेषराज दाहालले सँग्रहालयमा गरिने सरसफाई लगायतका कामले ऐतिहासक पर्यटकीय गन्तव्यको आर्कषण कायम रहने मात्र नभई कोभिडले समस्यामा रहेका मजदुरलाई अल्पकालीन भएपनि रोजगारी प्रदान गर्नु सकारात्मक भएको बताउनुभयो ।

यस्तै बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले कोरोना महामारीका कारण पर्यटन क्षेत्रका धेरै मजदुरले रोजगारी गुमाएको अवस्थामा यस परियोजनाले ती मजदुरको लागि छोटो अवधीको भएपनि रोजगारीको अवसर सिर्जना गर्ने बताउनुभयो । टानका महासचिव सरिता लामाले कोभिड महामारीले पर्यटन क्षेत्र सबैभन्दा बढि प्रभावित भएको भन्दै यसले मजद्ुरहरूका लागि थोरै भएपनि राहत पु¥याउने बताउनुभयो ।

यस्तै कार्यक्रमको काठमाडौं महानगरपालिका र होटल संघ (हान)सँगको समन्वयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिषरमा काम सुरु गरिएको छ ।

कार्यक्रमा हानका प्रथम उपाध्यक्ष विनायक शाहले यस कार्यक्रमले कोभिडबाट प्रभावित श्रमिकहरुलाई सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं ९ का वडा सदस्य श्रीराम राईले यस कार्यक्रमको सराहना गर्दै कार्यक्रम सफलताका लागि वडाबाट सक्दो सहयोग पुग्ने बताउनुभयो ।

सोही अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुनिल शर्मा, हानका महासचिव साजन शाक्य लगायतले यस प्रकारका कार्यक्रमले जनशीत्तललाई टिकाइराख्न सहयोग पुग्नेमा जोडदिनभयो ।

परियोजना अन्र्तगत पहिलो चरणमा नेपालका मुख्य पर्यटकीय क्षेत्रमा रहेका अतिप्रभावित एक हजार ६०० जनशक्तिलाई पर्यटकीय क्षेत्रको सरसफाइ, पद मार्गको मर्मतसम्भार, पैदल मार्गका सिँढी मर्मतसम्भार, सङ्केत चिन्हको स्थापन तथा मर्मत सम्भारलगायतका कार्यमा संलग्न गराई ६४ हजार कार्य दिन बराबरको रोजगारी प्रदान गरिने लक्ष्य अनुरुप काम शुरु गरिएको संयोजक लामिछानेले जानकारी दिनुभयो ।

आउँदा दिनका क्रमशः अन्य स्थानीय तह तथा संघ संस्थाहरुसँग सम्झौता गर्दै काम अगाडि बढाइने लक्ष्य परियोजनाले लिएको छ ।

वि.सं.२०७८ भदौ २७ आइतवार १८:१८ मा प्रकाशित

You can share this post!

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

दलका कार्यसमितिको विवरण उपलब्ध गराइदिन निर्वाचन आयोगलाई शिक्षा मन्त्रालयको अनुरोध   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:२६

काठमाडौँ, १३ वैशाखः शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दलीय आबद्धता...