
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्ट्रक्शनले २९ करोड ४१ लाख ४१ हजार रुपैयाँको आईपीओ निष्काशन गर्ने भएको छ ।
उक्त आईपीओ निष्काशनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले २९ लाख ४१ हजार ४१० कित्ता आईपीओ निष्काशनका लागि भदौ ८ गते बोर्डमा निवेदन दिएको छ ।
कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
वि.सं.२०७८ भदौ २८ सोमवार १२:०७ मा प्रकाशित