काठमाडौं । घोडीघोडा लघुवित्त वित्तीय संस्थाले विशेष साधारण सभाका लागि मिति तय गरेको छ । कम्पनीले आउँदो असोज १६ गते शनिबार विशेष साधारणसभा गर्ने भएको हो ।
कम्पनीको संचालक समितिको भदौ २७ गते बसेको ११४औं बैठकले उक्त सभा गर्ने निर्णय गरेको छ । युनिक नेपाल लघुवित्त वित्तीय संस्था र घोडीघोडा लघुवित्तबीच गाम्ने/गाभिने सम्बन्धी निर्णयका लागि कम्पनीको पहिलो विशेष साधारणसभा हुने भएइको हो ।
कम्पनीको सेयर कारोबार भने मर्जर प्रक्रिया नटुङ्गिएकाले रोक्कानै रहने नेप्सेमा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।
वि.सं.२०७८ भदौ २८ सोमवार १४:३८ मा प्रकाशित