back
NMB ad

६ वटा छड उद्योगलाई लाभ, २४ उद्योग र बैंकको लगानी डुब्ने खतरामा

Kumari bank ad

काठमाडौं । सरकारले प्रतिस्थापन विधेयक मार्फत ल्याएको शंसोधित आर्थिक ऐनका कारण २४ वटा उद्योगलाई प्रत्यक्ष असर पर्ने र ६ वटा उद्योगहरु लाभान्वित हुने देखिएको छ ।

आर्थिक ऐनमा पगालेर फलामे छड उत्पादन गर्ने र सोमा मिसाउन चाहिने कच्चा पदार्थ, पैठारी गर्दा शुन्य प्रतिशत भन्सार र शुन्य प्रतिशत अन्तःशुल्क तथा विलेट आयात गर्दा ४.७५ प्रतिशत भन्सार र १ हजार ६५० रुपैयाँ प्रति मेट्रिक टन बाट बृद्धि गरी २ हजार ५०० सय रुपैयाँ प्रति मेट्रिक टन अन्त शुल्क लाग्ने व्यवस्था रहेको छ ।

उक्त व्यवस्थाले गर्दा निर्माण हुने संरचना, राज्य, उद्योगी–व्यवसायी र आम उपभोक्ताका साथै बैंकहरुलाई समेत असर पर्ने बताइएको छ ।

नेपाल स्टिल रोलिङ मिल एशोसिएसनले राजधानीमा पत्रकार सम्मेलन गर्दै यस्तो बताएको हो । एशोसिएसनका अनुसार हाल देशमा साना ठूला गरी ३० वटा फलामे छड उत्पादन गर्ने उद्योगहरु मध्ये ६ वटा उद्योगले मात्र पत्रु पगाली डण्डी उत्पादन गदै आएका छन् ।

पत्रुसँग मिसाउने स्पञ्ज आईरनको भसार महशुलमा ० प्रतिशत भसार लाग्ने तर आयातित विलेटको भंसार ४.७५ प्रतिशत भन्सार लाग्ने तथा १ हजार ६५० रुपैयाँ प्रति मेट्रिक टन बाट बृद्धि गरी २ हजार ५०० रुपैयाँ प्रति मेट्रिक टन अन्त शुल्क तथा सोझै विलेट प्रयोग गरी उत्पादन गरिने डण्डी स्वतः महगो हुन जाने हुन्छ । जसले गर्दा बहुसंख्यक डण्डी उद्योगहरुले प्रतिस्पर्धा गर्न नसकी घाटा व्यहोर्दै बन्द हुने उल्लेख छ ।

एशोसिएसनका अनुसार यसको प्रत्यक्ष प्रभाव बैंकको लगानीमा समेत पर्न जाने देखिएको छ । कच्चा पदार्थमा शुन्य प्रतिशत अन्त शुल्क हुनु भनेको विश्व व्यापार संगठनको नीति विपरित हुने र स्पञ्ज आइरन र विलेट दुवै कच्चा पदार्थ नै हुन् जुन आइरन ओरबाट निर्मित हुन्छ । जसमा स्पञ्ज आइरनमा ० प्रतिशत अन्त शुल्क लाग्ने भएको छ भने विलेटमा ४.७५ प्रतिशत भंसार दर लाग्ने भएको छ । जसले गर्दा २४ वटा उद्योगहरुले विलेटबाट डण्डी उत्पादन गर्दा प्रति के.जी. ५ देखि ६ रुपैयाँ महँगो हुँदा ग्राहकलाई प्रत्यक्ष मर्का पर्न जाने उल्लेख छ ।

प्राइम विलेट देशमा उत्पादन नहुने हुँदा विदेशबाट आयात गर्नु बाध्यता भएको भन्दै स्थानीय व्यवसायलाई उकास्ने भनिएको तर यस प्रकारको उद्योगबाट उत्पादित सामान गुणस्तरयुक्त नहुने हुँदा निर्मित संरचना टिकाउ नहुँने र राजस्व संकलनमा समेत असर पर्ने देखिएको छ । साथै राज्य र जनताको लगानी समेत खेर जाने देखिएको छ ।

हाल उपभोक्ताले अध्यधिक रुचाएको विश्व प्रसिद्ध ५०० डी ग्रेडको फलामे छडको माग भएको र ठूला आयोजना र राष्ट्रिय गौरवका आयोजनाहरुमा अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको ५०० डी ग्रेड नै आवश्यक हुने उल्लेख छ ।

स्पज आईरनवाट डण्डी बनाउदा बिजुली खपत र रोजगारी त बदछ तर ९० देखि ९५ प्रतिशत रोजगारी पाउने वैदेशिक नागरिक मात्र हुन्छन् र उद्योग सञ्चालन गर्न भविष्यमा पनि वैदेशिक नागरिक नभई हुँदैन । यस प्रविधिबाट डण्डी बनाउदा धेरै मात्रामा जोखिम हुँदा कामदारहरु दुर्घटनामा पर्ने, जनधनको क्षती हुने हुँदा कामदारको हित विपरित रहेको उल्लेख छ ।
यो व्यवस्थाले वित्तीय संस्था धरासायी हुने, राजस्व गुम्ने र यसमा संलग्न मजदुरहरुको रोजगारी गुम्न जाने संभावना देखिन्छ ।

सरकारले सम्बन्धित पक्षहरुसँग छलफल नै नगरी वारम्बार गरिने नीतिगत परिवर्तनले लगानीमा अस्थिरता पैदा हुने र लगानीको वातावरण खलबलिने साथै आद्योगिकरणलाई प्रत्यक्ष असर पर्ने देखिने उल्लेख छ । आयातित सामानको भंसार छुटाउने कार्य तथा उद्योगबाट उत्पादित फलामे छड बिक्री वितरण कार्य हाललाई रोकिएको एशोसिएसनको भनाई छ ।

वि.सं.२०७८ भदौ २८ सोमवार १५:१० मा प्रकाशित

You can share this post!

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

विद्युत आयात गर्नेबाट विद्युत निर्यात गर्ने देशमा परिणत हुनु महत्वपूर्ण : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १९:३७

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो...

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...