काठमाडौं । साताको दोस्रो कारोबार दिन तीन कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
उक्त दिन असोड इन्स्योरेन्स, मनकामना स्र्माट लघवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
सोमबार अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले वृद्धि भएको हो । योसंगै कम्पनीको सेयर मूल्इ प्रतिकित्ता ८५९ रुपैयाँ १० पैसा पुगेको छ ।
यस्तै, मनकामना स्र्माट लघुवित्त वित्तीय संस्थको सेयर मूल्य आज ९.९९ प्रतिशतले वृद्धि भएको छ । योसंगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६८७ रुपैयाँ ८० पैसा कायम भएको छ।
यता, सानिमा लाइफ इन्स्योरेन्सको ९.९९ प्रतिशतले वृद्धि भएको छ । आज कम्पनीको सेयर मूल्य ६६१ रुपैयाँ ९० पैसा पुगेको छ।
वि.सं.२०७८ भदौ २८ सोमवार १५:३५ मा प्रकाशित